कुवेतबाट चन्दा उठाएर पठाइयो नेपाली महिलाको शव « Khabarhub

कुवेतबाट चन्दा उठाएर पठाइयो नेपाली महिलाको शव


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बैदेशिक रोजगारीका क्रममा कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव आर्थिक सहयोग संकलन गरेर स्वदेश पठाइएको छ ।

आर्थिक अभाव हुँदा करिव दुई हप्तादेखि अलपत्र परेको मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर- ७ (डङ्ग्राहा टोल) घर भएकी द्रौपती चौधरीको शव नेपाल पठाउन समस्या भएपछि गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको थियो ।

एनआरएनएका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा एक समिति गठन गरेर आर्थिक संकलन गरी कुवेतबाट शव पठाउन लाग्ने शुल्क ३८५ केडी (नेरु करिब १ लाख ४७ हजार) त्यहाँस्थित नेपाली दूतवासलाई बुझाएपछि शव आइतबार राति नेपाल पठाइएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए ।

चौधरीको शव दुई हप्ता अगाडि आफ्नै स्पोन्सरको घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनी भारतको बाटो हुँदै घरेलु कामदारको रुपमा ४ वर्षदेखि कार्यरत थिइन् ।

नेपालबाट श्रम स्वीकृति नलिई त्यहाँ पुगेकाले वैदेशीक रोजगार प्रवर्द्धन बोर्डले उनको शव नेपाल पठाउन आर्थिक सहयोग गरेको थिएन ।

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ७ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना