कुवेतबाट चन्दा उठाएर पठाइयो नेपाली महिलाको शव « Khabarhub

कुवेतबाट चन्दा उठाएर पठाइयो नेपाली महिलाको शव


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बैदेशिक रोजगारीका क्रममा कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव आर्थिक सहयोग संकलन गरेर स्वदेश पठाइएको छ ।

आर्थिक अभाव हुँदा करिव दुई हप्तादेखि अलपत्र परेको मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर- ७ (डङ्ग्राहा टोल) घर भएकी द्रौपती चौधरीको शव नेपाल पठाउन समस्या भएपछि गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतले आर्थिक संकलन सुरु गरेको थियो ।

एनआरएनएका उपाध्यक्ष उमेश पुडासैनीको संयोजकत्वमा एक समिति गठन गरेर आर्थिक संकलन गरी कुवेतबाट शव पठाउन लाग्ने शुल्क ३८५ केडी (नेरु करिब १ लाख ४७ हजार) त्यहाँस्थित नेपाली दूतवासलाई बुझाएपछि शव आइतबार राति नेपाल पठाइएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए ।

चौधरीको शव दुई हप्ता अगाडि आफ्नै स्पोन्सरको घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनी भारतको बाटो हुँदै घरेलु कामदारको रुपमा ४ वर्षदेखि कार्यरत थिइन् ।

नेपालबाट श्रम स्वीकृति नलिई त्यहाँ पुगेकाले वैदेशीक रोजगार प्रवर्द्धन बोर्डले उनको शव नेपाल पठाउन आर्थिक सहयोग गरेको थिएन ।

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ७ : ४० बजे

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता

ईयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

ब्रसेल्स– युरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित