लुम्बिनी प्रदेश सभाको बैठक एमाले सांसदहरुको नारावाजी « Khabarhub

लुम्बिनी प्रदेश सभाको बैठक एमाले सांसदहरुको नारावाजी


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसदहरुले सोमबारको लुम्बिनी प्रदेशसभाको बैठक चल्न दिएनन् ।

सभामुख पूर्ण बहादुर घर्तीले बैठक शुरु गर्नासाथ एमालेका सांसहरुले उठेर नाराजवाजी गरेका छन् । सभामुख घर्तीले आफूलाई बोल्न दिन एमालेका सांसहरुसँग आग्रह गरे पनि उनीहरुले सभामुखको कुरा सुनेनन्।

एमाले सांसदहरुले एमालेले कारबाही गरेका दुईजना प्रदेशसभा सांसदहरु अजय शाही र विमला वलीलाई कारबाही गर्नुपर्ने भन्दै नारावाजीसमेत गरेका छन् ।

एमाले सांसदहरुले सभामुख घर्तीले पदीय मर्यादासमेत कायम नगरेको आरोप लगाएका छन् । एमालेले दुईजना सांसदलाई कारबाही नभएसम्म बैठक चल्न नदिने बताएका छन् ।

अजय शाही सूर्य चुनाव चिन्हबाट विजयी भए पनि उनी हृदेश त्रिपाठीसँगै स्वतन्त्र सांसद हुन् भने वली नेकपाकालिन समयमा सूर्य चुनाव चिन्हबाट विजयी भएकी थिइन् । वलीले माओवादी केन्द्र रोजेकी छन् भने शाही अहिले माओवादी नेतृत्वको सरकारमा मन्त्रीसमेत छ ।

एमालेले आफ्ना पार्टीका दुईजना सांसदले दलीय ह्वीप उल्लंघन गरेको भन्दै पदमुक्त गर्ने निर्णय गर्दै प्रदेश सभामा जानकारी गराएको थियो तर सभामुख घर्तीले उनीहरुलाई कारबाही गर्न नसक्ने जनाएका छन् ।

एमाले सांसदहरुले नारावाजी गरिरँदा माओवादी केन्द्रका सांसद बसन्त मगरले सभामुखसँग समय मागेर बोल्दै वली आफ्नो दलको सांसद भएको भन्दै अन्य दलको सांसदलाई अन्य दलले कारबाही गर्न नमिल्ने बताए । उनी बोल्दैगर्दा एमाले सांसदहरुले झन उत्तेजित भएर नारावाजी गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : ३५ बजे

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान

विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगियो

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका

सुकी जीवित भएको प्रमाण माग

एजेन्सी– म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा

एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक