पोखरामा जमिन भासियो, दुधेखोलाले घर बगायो « Khabarhub

पोखरामा जमिन भासियो, दुधेखोलाले घर बगायो


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकीको प्रदेश राजधानी पोखराको मुख्यबजार महेन्द्रपुलको जमिन भासिएको छ । आइतबारदेखि परेको अविरल बर्षाका कारण जमिन भासिएको हो ।

स्थानीय डिपार्टमेण्टल स्टोर्स अगाडि गरिमा विकास बैँकको छेवैमा रहेको सडकको फुटपाथसहितको जमिन भासिएको छ । भासिएको ठाउँमा आइतबार नै पोखरा महानगरपालिकाले माटो भरेको थियो । तर लगातार परेको पानीले पुरेको माटो पुन भासिएको छ ।

उता, म्याग्दीको बेनी नगरपालिका–३ दूधे खोलामा सोमबार बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण दुई दर्जन बढी घर जोखिममा परेका छन् ।

स्थानीय नारायण पुनको एउटा दुहुनो भैंसी खोलामा मृत अवस्थामा भेटिएको छ ।

भकिम्लीको लहरेनी र चिनाखेतको सीमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकोले खोलामा आएको बाढी वस्तीतर्फ सोझिएपछि क्षति भएको हो ।

बाढीले बस्तीतर्फको झण्डै मिटर क्षेत्र कटान गरेको छ । बाढीका कारण बेनी–बरङजा सडक पनि अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : १० बजे

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको