धनुषामा ससुरा र बुहारीको शव फेला, छोरा पक्राउ « Khabarhub

धनुषामा ससुरा र बुहारीको शव फेला, छोरा पक्राउ


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषाको मिथिला बिहारी नगरपालिकामा एकै घरका ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानका लागि छोरालाई नियन्त्रणमा लिएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–५ स्थित ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेसँगै हत्या आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको स्थानियले बताएपछि खोजतलास गर्दा शव भेटिएको थियो ।

हत्या गरेको आशङ्कामा पक्राउ परेका भागेश्वर मण्डलमाथि थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : १३ बजे

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको