चन्द्रगिरि पुगेर माधव नेपालले भने : हामीलाई ‘घर न घाट’को बनाउने षड्यन्त्र भयो (भिडियोसहित) « Khabarhub

चन्द्रगिरि पुगेर माधव नेपालले भने : हामीलाई ‘घर न घाट’को बनाउने षड्यन्त्र भयो (भिडियोसहित)


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) नामको नयाँ पार्टी गठनका लागि अग्रसर भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार पार्टी विभाजनको प्रक्रिया शुरु गरेपछि पहिलो पटक सञ्चारकर्मी माझ प्रस्तुत भए । उनले शुरुमै आफूहरु शान्त वातावरणमा छलफल गर्न चन्द्रागिरि पुगेको बताए ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का सबै नेताहरु सोमबारदेखि काठमाडौं उपत्यकाको कोलाहाल वातावरणबाट टाढा चन्द्रागिरिमा छन् । चन्द्रागिरि हिल्स रिजर्टमा सो पार्टीका नेता तथा सांसदहरु सोमबारदेखि बसिरहेका छन् ।

पत्रकारका अगाडि एमाले अध्यक्ष केपी ओलीप्रति निकै गुनासो पोखेका उनले शालिन शब्दमा ओलीको आलोचना गरे । उनले भने, ‘मैले जे भने पनि मिठो शब्दमा भनेको छु, उहाँको (ओली) पनि शब्द मिठो होस् ।’ उनले ओलीको बोली पनि मिठो हुँदै जाओस् भन्ने कामनासमेत गरे।

हेरौँ भिडियो

नेता नेपालले बुधबार निर्वाचन आयोगमा सनाखत गर्दा केन्द्रीय सदस्य र सांसद दुबैबाट संख्या पुर्‍याइने दावी गरे। उनले केन्द्रीय सदस्य र सांसद दुबैको संख्या पुगे सुनमा सुगन्ध हुनेसमेत बताए। आफूले पार्टी किन विभाजन गर्नुपरेको हो भन्ने विषयमा नेता नेपालले लामै समय खर्चिए । उनले एमालेको नवौं महाधिवेशनदेखि नेकपा बन्दा र त्यसपछिको अवधिमा एमाले अध्यक्ष ओलीले आफूमाथि अपमान गरेको, घर न घाटको बनाएको जस्ता आरोपहरु लगाए ।

उनले ओली दक्षिणपन्थी भासमा भासिएको टिप्पणी गर्दै आफूहरुले वामपन्थी धारलाई जोगाउन नयाँ पार्टी बनाएको तर्क गरे । ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमलाई प्रतिगमन भन्दै उनले पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर जान खोज्दा आफूहरुले रोक्ने प्रयास गरेको तर ओलीले त्यसलाई ग्रहण गर्न नसकेको बताए । उनले आफूहरुलाई फागुन २८ पछि पेल्ने काम गरेकोसमेत बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १२ : ५७ बजे

विपिन र केकीको ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर–  यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् ।

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा– जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ

यसरी फेरिदैछ रुपातालको रुप

गण्डकी– अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ?

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी दोहोरिए, महासचिवमा चापागाईं र सचिवमा रिजाल निर्वाचित

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका