५५ अंकले घट्यो नेप्से, १४ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट | Khabarhub Khabarhub

५५ अंकले घट्यो नेप्से, १४ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो साताको पहिलो दिन मंगलबार कारोबार हुँदा शेयर बजारमा गिरावट आएको छ । मंगलबार शेयर बजार ५५ दशमलव ८९ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको छ ।

मंगलबार ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनी र निर्जीवन बीमा समूह बाहेक सबै उपसूचक घटेका छन् ।

मंगलबार दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण कावेली पावरको ७१ करोड ९१ लाख, नेशनल हाइड्रोपावर कम्पनीको ५८ करोड ५३ लाख, रिडी हाइड्रोपावर कम्पनीको ४७ करोड २० लाख, नेपाल बैंकको ४१ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

मंगलवार रुरु खोला, जोशी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रो, सिनर्जी पावर, नेशनल हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी, घलेम्दी हाइड्रो लगायतका कम्पनीको शेयरमा नेगेगिभ सर्किट लागेको छ । १० प्रतिशत मूल्य घटबढ हुँदा सर्किट लाग्ने गर्छ ।

मंगलबार १४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : ४२ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली