५५ अंकले घट्यो नेप्से, १४ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट « Khabarhub

५५ अंकले घट्यो नेप्से, १४ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो साताको पहिलो दिन मंगलबार कारोबार हुँदा शेयर बजारमा गिरावट आएको छ । मंगलबार शेयर बजार ५५ दशमलव ८९ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको छ ।

मंगलबार ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनी र निर्जीवन बीमा समूह बाहेक सबै उपसूचक घटेका छन् ।

मंगलबार दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण कावेली पावरको ७१ करोड ९१ लाख, नेशनल हाइड्रोपावर कम्पनीको ५८ करोड ५३ लाख, रिडी हाइड्रोपावर कम्पनीको ४७ करोड २० लाख, नेपाल बैंकको ४१ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

मंगलवार रुरु खोला, जोशी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रो, सिनर्जी पावर, नेशनल हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी, घलेम्दी हाइड्रो लगायतका कम्पनीको शेयरमा नेगेगिभ सर्किट लागेको छ । १० प्रतिशत मूल्य घटबढ हुँदा सर्किट लाग्ने गर्छ ।

मंगलबार १४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : ४२ बजे

छोरी जन्मिए प्रोत्साहन भत्ता !

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

कास्की– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा दुई हजार

फिफा विश्वकप : अमेरिकाको सानदार सुरुवात, पाराग्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिकाले सानदार सुरुवात गरेको छ ।

डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह

कांग्रेसले नयाँ वर्ष २०८३ सुरु भएसँगै ‘एक महिने जरामा जाउँअभियान’