नेप्सेका सीईओ साउदले राजीनामा दिए « Khabarhub

नेप्सेका सीईओ साउदले राजीनामा दिए


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट मंगलबार राजीनामा दिएका छन् । उनले मंगलबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका छन् । राजीनामा दिएको उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा विवादमा तानिएका उनलाई अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको थियो । अर्थले लगातार स्पष्टीकरण सोधेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिंगमार्फत आईपीओ जारी गर्ने तयारी गरिरहेका बेला साउँदले आफ्नो श्रीमतिको नाममा सो सिमेन्ट कम्पनीको शेयर किनेका थिए । उनले गोल्डेन शेयरका रुपमा सो शेयर पाएको आरोप लागेको छ ।

नेप्सेका सीआईओ साउदसँगै धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले पनि गोल्डेन शेयर लिएको आरोप लागेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : २४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक