पुराना खाद्य वस्तुमा नयाँ लेबल लगाएर बेच्ने अगद नेपाल भेन्चरको गोदाममा शिलबन्दी « Khabarhub

पुराना खाद्य वस्तुमा नयाँ लेबल लगाएर बेच्ने अगद नेपाल भेन्चरको गोदाममा शिलबन्दी


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना तथा म्याद नाघेका खाद्य वस्तुमा नयाँ लेबल लगाएर बेच्ने काठमाडौँको बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिको गोदाममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार शिलबन्दी गरेको छ ।

सो प्रालिले कुकिज, सेबइ, चक्लेट, सोयाबिनलगायतका खाद्य वस्तुको म्याद सकिए पनि नयाँ लेबल टासेर बेच्ने गरेको सूचना पाएपछि प्रहरीको सहयोगमा विभागले मंगलबार छापा मारेको थियो । सो क्रममा विभागले लेबल लगाउन प्रयोग हुने केमिकल, मेशिन, कागजात र खाद्य वस्तु बरामद गरेको छ ।

प्रहरी सो कार्यमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउसमेत गरेको छ । सो प्रालिका सञ्चालक प्रभावत देव भने फरार भएका छन् । प्रहरीले देवको खोजी गरिरहेको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ७ : ४८ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ