भारतीय क्लबविरुद्धको खेलमा मनाङको बराबरी « Khabarhub

भारतीय क्लबविरुद्धको खेलमा मनाङको बराबरी


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एएफसी कप अन्तर्ग्त भारतीय क्लब मिनर्भा पञ्जावविरुद्द नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेको छ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले पञ्जावसँग १-१ गोलको बराबरी खेलेको हो।

खेलको पहिलो हाफमा १ गोलले पछि परेको मनाङले दोस्रो हाफमा गोल गर्दै बराबरी गरेको हो। पञ्जावका लागि खेलको ४० औं मिनेटमा मोइरानगेथाम थोइब सिंहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा थप गरिएको समयमा पञ्जावका खेलाडि प्रतीक जोशीले मनाङका खेलाडी माथि फाउल गरेपछि रातो कार्ड पाउँदा पञ्जाव १० खेलाडीमा सीमित भयो । त्यसपछि मनाङका लागि ८१ औं मिनेटमा अञ्जन बिष्टको क्रसमा साहेद अजिजले गोल गरेका थिए।

बराबरी खेलको मनाङको अंक तालिकामा २ अंक भएको छ भने मिनर्भाको ४ अंक रहेको छ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ५ : ०६ बजे

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय