कर्मचारीको विवरण नबुझाउने म्यानपावरको काम रोक्का गरिने « Khabarhub

कर्मचारीको विवरण नबुझाउने म्यानपावरको काम रोक्का गरिने


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले आफ्ना कार्यलयमा काम गर्ने कर्मचारीको विवरण नबुझाउने म्यानपावर कम्पनीको काम कारबाही रोक्का गर्ने भएको छ ।

विभागले म्यानपावर कम्पनीको कारोबार संस्थागत गर्नेका लागि म्यानपावरसँग कर्मचारीको विवरण मागेको छ । विभागले वैशाख मसान्तभित्र कर्मचारीको विवरण म्यापावरसँग मागेको थियो । त्यसमा थोरै मात्र म्यानपावरले कर्मचारीको विवरण बुझाएको विभागले जानकारी दिएको छ ।

विभागले आफ्नो अनलाइन सूचना प्रणालीमा विवरण अद्यावधिक गर्न म्यानपावर कम्पनीहरुलाई गत चैत २३ देखि २९ गते सम्म ७ दिनको समय दिएको थियो । सो अवधिमा विवरण अद्यावधिक गर्न छुटेका म्यानपावर कम्पनीहरुले विभागको अनलाइन प्रणालीमा जेठ ३ गतेसम्म आफ्नै लगइन मार्फत विवरण अद्यावधिक गर्न पाउने भएका छन् ।

दोस्रो पटक दिएको म्यादभित्र विवरण नबुझाउने म्यानपावरको काम कारवाही रोक्का समेत गरिने विभागका प्रवक्ता भोलानाथ गुरागाईँले बताएका छन् ।  वैदेशिक रोजगार ऐनअनुसार म्यानपावरमा काम गर्ने कर्मचारीका विवरण माग गरिएको उनको भनाई छ । पछिल्लो समय म्यानपावर कम्पनीले आफ्नो संस्थामा काम गर्ने कर्मचारीका नाममा आईएमई गराई वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिन काम भइरहेको छ ।

विभागको माग बमोजिम म्यानपावर कम्पनीले विभागमा पठाउने कर्मचारीबाट हुने आर्थिक कारोबार कर्मचारीको व्यक्तिगत नभई म्यानपावर कम्पनी कै कारोबारका रुपमा विभागले व्याख्या गरी म्यानपावर कम्पनीलाई जवाफदेही बनाउने छ । यससँगै विभागले म्यानपावर कम्पनीले विदेशस्थित रोजगारदाताबाट प्राप्त गर्ने सेवा शुल्कको विवरण पनि विभागलाई बुझाउन निर्देशन दिन थालेको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ५ : २५ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।