तेह्रथुम पावर कम्पनीको आइपीओ खुला | Khabarhub Khabarhub

तेह्रथुम पावर कम्पनीको आइपीओ खुला


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्री खुला भएको छ ।

कम्पनीले आज बिक्री खुला भएको आइपीओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले रु एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका सात लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यसअघि कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । आयोजना प्रभावितका लागि शेयर निष्काशन गरेपश्चात् कम्पनीले सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी रु २८ करोड रहेको छ । स्थानीयवासीलाई रु चार करोड र सर्वसाधारणलाई रु आठ करोड बराबरको आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी रु ४० करोड हुनेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फतसमेत आइपीओमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १ : ५० बजे

दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस सुरु

दार्चुला– यहाँका नौ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको

छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते 

दमौली – छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन् ।

ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता समाप्त

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडासँग चलिरहेका सबै

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार : कोहली दुवै खेलमा फ्लप, गिल पनि कप्तानीमा असफल

नयाँदिल्ली- अस्ट्रेलिया भ्रमणमा पुगेको भारतीय टोलीले वान डे सिरिज गुमाइसकेको

जहाजबाट हेर्दा हाँसिरहेका हिमशृङ्खला (तस्बिरहरू)  

काठमाडौं– सफा मौसममा काठमाडौंदेखि धनगढीको यात्रा गर्नु भनेको केवल बाटो