राजनारायण पाठकसँग ७८ लाख धरौटी माग, बैंक ग्यारेन्टी खोज्दै आफन्त « Khabarhub

राजनारायण पाठकसँग ७८ लाख धरौटी माग, बैंक ग्यारेन्टी खोज्दै आफन्त


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घुस लिएको आरोप लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य तथा न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

भक्तपुरको नेपाल इन्जिनियरङ कलेजको सम्पत्ति बाँडफाँट सम्बन्धी मुद्दा मिलाइदिने भन्दै पाठकले घुस लिएको विषय सार्वजनिक भएको थियो ।

घुस लिएको विषय सार्वजनिक भएपछि पाठकले अख्तियारको आयुक्त पदबाट राजीनामा दिएका थिए । त्यसपछि अख्तियारले उनीमाथि अनुसन्धान गरेर गत चैत १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

घुस लिएको विषय सार्वजनिक भएदेखि नै ‘फरार’ रहेका पाठक बुधबार सुटुक्क विशेष अदालतमा उपस्थित भएका थिए । बुधबार नै बयान सकिएपछि विशेष अदालतमा थुनछेक बहस शुरु भएको हो । अदालती समय (५ बजे) भन्दा ढिलो गरी जारी भएको आदेशमा पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

पाठकका आफन्त धरौटी माग गरिएबराबरको बैंक ग्यारेन्टी ल्याउने भन्दै केही समय अगाडि अदालतबाट बाहिरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ६ : २३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्