चीन- चीनमा अनलाइन ज्ञानकोष विकिपिडियाका सबै भाषाका साइट बन्द गरेको छ । हालै सार्वजनिक एक प्रतिवेदन अनुसार चीनमा सबै भाषाका विकिपिडिया बन्द गरिएका हुन् ।
इन्टरनेटमा सेन्सरसिपसम्बन्धी शोधकर्ताले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चीनमा सबै भाषाका विकिपिडिया बन्द भएको जनाइएको छ । यसअघि चीनमा चिनियाँ भाषाको विकिपिडिया बन्द भइसकेपनि अन्य भाषामा भने उपलब्ध रहेको थियो । निकै नै कठोर इन्टरनेट सेन्सरसिप रहेको चीनमा यसअघि हजारौंका सङ्ख्यामा साइटहरु बन्द भइसकेको छ ।
यसअघि सन् २०१७ मा टर्कीले पनि विकिपिडियामाथि प्रतिबन्ध लगाएको थियो भने हालै भेनेजुएलाले पनि विकिपिडियामा प्रतिबन्ध लगाएको थियो । तैपनि विकिपिडिया सञ्चालक संस्था विकिमिडिया फाउण्डेसनले भने चीनबाट आफ्नो साइटमा निकै थोरै ट्राफिक आउने देखिएपछि त्यहाँ विकिपिडिया बन्द भएको थाहा पाइएको तर चिनियाँ अधिकारीले भने यसबारे कुनै जनकारी नदिइएको जनाएको छ ।
प्रतिक्रिया