स्वतन्त्र तिब्बती सम्मेलनमा सहभागी सांसदबारे पार्टी नै बेखबर « Khabarhub

स्वतन्त्र तिब्बती सम्मेलनमा सहभागी सांसदबारे पार्टी नै बेखबर


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लात्भियाको राजधानी रिगामा भएको निर्वासित तिब्बती संसद्को आह्वानमा स्वतन्त्र तिब्बत सम्बन्धी सम्मेलनमा समाजवादी पार्टी नेपालका सांसदको सहभागिताबारे पार्टी नै बेखबर बनेको छ ।

सम्मेलनमा सांसद् प्रदीप यादव सहभागी भएको समाचार सार्वजनिक भइरहेका बेला समाजवादी पार्टीले भने यस विषयमा केही थाहा नभएको जनाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टीले सांसद् यादवलाई उक्त सम्मेलनमा सहभागी हुन पार्टीले अनुमति नदिएको समेत स्पष्ट पारेको छन् ।

उनको सहभागिता नितान्त व्यक्तिगत रहेको र उनको कदम पार्टीको औपचारिक धारण नरहेको  विज्ञप्तिमा उल्लेख छ । सांसद यादव उक्त सम्मेलनमा सहभागी भएको जानकारी पाउनासाथ सांसद यादवलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए अनुशासनको कारवाही अघि बढाइने समेत विज्ञप्तिमा उल्लेख छ ।

समाजवादी पार्टी नेपाल मुलुकको वर्तमान विदेश नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउँदै एक चीन नीतिप्रति पनि सहमत रहेको जनाएको छ । त्यस्तै, नेपाली भूमिलाई चीनविरोधी गतिविधिका लागि प्रयोग हुन नदिन समेत प्रतिबद्ध रहेको जनाएको छ ।

यसअघि लाट्भियामा भएको सम्मेलनमा विश्वका २५ मुलुकका १ सय भन्दा धेरै सांसद्को सहभागिता रहेको समाचार सार्वजनिक भएको थियो । उक्त सम्मेलनमा नेपालका तर्फबाट प्रदीप यादवका साथै राष्ट्रिय जनता पार्टी, नेपालका सांसद् इकबाल मियाँको समेत रहेको बताइएको थियो ।

एक चीन नीतिको विरुद्धमा गई स्वतन्त्र तिब्बतसम्बन्धी सम्मेलनमा सहभागी भएको विषयमा यसअघि सभामुख कृष्णबहादुर महराले मियाँसँग सोधपुछ गरिसकेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ७ : ५१ बजे

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ

श्रम संस्कृति पार्टीबाट प्लेकार्डसहित संसदमा प्रधानमन्त्री शाहको विरोध

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध

पश्चिम एसियामा बढ्दो तनाव : युद्धकै जस्तो आरोप-प्रत्यारोपमा उत्रिए इरान-अमेरिका

तेहरान- पश्चिम एसियामा फेरि तनाव बढ्दै गएको छ। पछिल्लो केही

ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन

काठमाडौँ– गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका साथ

नेतन्याहू ठान्थे : इरानी शासक कमजोर छन्, पहिलो आक्रमणमै त्यहाँको सत्ता ढल्छ

वाशिङ्टन- अमेरिकाका पूर्वरक्षा मन्त्री तथा सीआईए प्रमुख रबर्ट गेट्सले इरायली