बाच्ने र मर्ने निर्णय इन्स्टाग्रामबाट लिएपछि… « Khabarhub

बाच्ने र मर्ने निर्णय इन्स्टाग्रामबाट लिएपछि…


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेशिया– सामाजिक सञ्जालको दुरुपयोग दिनप्रतिदिन बढ्दो छ । सामाजिक सञ्जालका फाइदा धेरै भए पनि केही अवगुणका कारण ज्यानै जानेसम्मका घटना समेत वारम्बार सार्वजनिक हुँदै आएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै आत्महत्या गर्नेदेखि सुसाइड नोट पोस्ट गरेर आत्महत्या गर्नेहरुका समाचार पनि सार्वजनिक नभएका होइनन् । अहिले मलेशियामा पनि यस्तै सामाजिक सञ्जालकै कारण एक १६ वर्षीया किशोरीले ज्यान गुमाएकी छिन् ।  वास्तवमा उनले फोटो शेयरिङ साइट इन्स्टाग्राममा बाँच्ने र मर्ने निर्यण ‘पोल’ (भोट) का आधारमा लिइन् । पोलमा मृत्युको पक्षमा बढी भोट आएपछि अन्ततः ती किशोरीले आत्महत्याको बाटो रोजिन् ।

मलेशियाको पूर्वमा रहेको सारावाक क्षेत्रमा रहेको एक भवनबाट हाम फालेर १६ वर्षे किशोरीले आत्महत्या गरेको जनाइएको छ । आत्महत्या गर्ने ती किशोरीको पहिचान सार्वजनिक गरिएको छैन । आत्महत्या गर्ने किशोरी निकै लामो समयदेखि डिप्रेसनमा रहेको अधिकारीले जनाएका छन् ।

आत्महत्या गर्नुअघि ती किशोरीले फोटो शेयरिङ साइट इन्स्टाग्राममा पोल गरेको जनाइएको छ । पोलमा उनले ‘यो निकै महत्वपूर्ण छ, डी/एल मध्ये एक छान्न मलाई सहयोग गर्नुहोला’ भन्ने लेखेकी थिइन् । यो पोलमा ‘डी’को अर्थ ‘डेथ’ अर्थात् मृत्यु तथा ‘एल’को अर्थ ‘लाइफ’ अर्थात् जीवन रहेको थियो ।

किशोरीले आत्महत्या गर्ने बेला पोलमा सहभागी ६९ प्रतिशतले डी मा मत दिएका थिए । यद्यपि उनले आत्महत्या गरेको थाहा पाएर ठूलो सङ्ख्यामा मानिसहरुले एलमा मत दिएको र पोलको समाप्तीसम्म एल भन्ने विकल्पमा ८८ प्रतिशत मत आएको थियो । इन्स्टाग्रामले किशोरीको मृत्युप्रति किशोरीका परिवारप्रति शोक व्यक्त गरेको छ ।

किशोरीको आत्महत्यापछि मलेशियामा यही विषयलाई लिएर बहस समेत शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो क्षेत्रका जनप्रतिनिधिले डी भन्ने विकल्पमा मत दिने मानिसहरुलाई अदालतमा ‘आत्महत्या गर्न उक्साएको’ अभियोगमा कानूनी कारबाही गर्न समेत माग गरेका छन् । मलेशियाको कानूनअनुसार आत्महत्या गर्न सहयोग गर्नेलाई २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ८ : ५६ बजे

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना