मालबाहक ट्रक खोलामा खस्दा एकको मृत्यु « Khabarhub

मालबाहक ट्रक खोलामा खस्दा एकको मृत्यु


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । आज भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाँदै गरेको प्रदेश१–०२–००१ ख ८७५९ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको र बस्नेतको घटनास्थलमै ज्यान गएको रिमालले बताए ।

दुर्घटनामा ट्रक चालक मोरङ सुन्दरहरैचाका राजन बाँस्कोटा र सहचालक सोही ठाउँका सरोज आचार्य घाइते भएकाले उनीहरुको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : ५८ बजे

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त

आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

काठमाडौं– लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा

सुकुम्वासी बस्तीमा फेरि डोजर (तस्बिरहरू)

काठमाडौं– सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका टेकु, बंशीघाटस्थित बागमती करिडोरका सुकुम्वासी

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

काठमाडौं– आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु