मालबाहक ट्रक खोलामा खस्दा एकको मृत्यु « Khabarhub

मालबाहक ट्रक खोलामा खस्दा एकको मृत्यु


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । आज भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाँदै गरेको प्रदेश१–०२–००१ ख ८७५९ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको र बस्नेतको घटनास्थलमै ज्यान गएको रिमालले बताए ।

दुर्घटनामा ट्रक चालक मोरङ सुन्दरहरैचाका राजन बाँस्कोटा र सहचालक सोही ठाउँका सरोज आचार्य घाइते भएकाले उनीहरुको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : ५८ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम