काबुल आत्मघाति आक्रमणको जिम्मा आईएसआईएसकेले लियो, कम्तिमा ९० जनाको मृत्यु | Khabarhub Khabarhub

काबुल आत्मघाति आक्रमणको जिम्मा आईएसआईएसकेले लियो, कम्तिमा ९० जनाको मृत्यु


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विहीबार साँझ भएको दुईवटा आत्मघाति बम विस्फोटको जिम्मेवारी इस्लामिक आतंकवादी संगठन स्लामिक स्टेट्सको क्षेत्रीय संगठन इस्लामिक स्टेट्स खोसरान (आईएसआईएसके)ले लिएको छ ।

तालिबानले अफगानिस्तानमाथि कब्जा लिएपछि काबुल विमानस्थलबाट विदेशी नागरिकहरुको उद्धार भइरहेका बेला विहीबार आत्मघाति बम आक्रमण भएको हो । २०११ पछि अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो यो आक्रमणमा कम्तिमा १३ जना अमेरिकी सैनिक मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो घटनामा अन्य ८५ जनाको मृत्यु भएको अरेबी समाचार माध्यम अलजजीराले जनाएको छ ।

सो बम विस्फोटमा मारिनेहरुको संख्याबारे विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले फरक फरक जानकारी दिएका छन् । बीबीसीले कम्तिमा ९० जना मारिएको र ती मध्ये १३ जना अमेरिकी सेना रहेको जनाएको छ ।

यो आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडनले आतंकवादीसँग बदला लिइने बताएका छन् । उनले आतंकवादीलाई खोजेर निकालिने तथा बदला लिइने बताएका छन् । उता तालिबानमाथि बाइडनले विश्वास गरेको भन्दै उनको तिब्र आलोचना भइरहेको छ । अमेरिकामा बाइडनको राजीनामासमेत मागिएको छ ।

यता अफगानिस्तानका सत्ता त्यागेका उपराष्ट्रपति अरुल्लाह सालेहले तालिबान र हक्कानी नेटवर्कको आईएसआईसँग बलियो सम्बन्ध रहेको बताएका छन् । उनले काबुल आक्रमणका लागि तालिबान जिम्मेजवार रहेकोसमेत बताएका छन् ।

काबुल आक्रमणपछि अफगानिस्तानको अवस्था पथ संकटपूर्ण बनेको छ । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको सो आत्मघाति आक्रमणले उद्धार कार्यमा समेत समस्या उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर, बेलायती सेनाले भने आफ्नो स्वदेश फिर्तीको मिसन जारी रहेको बताएको छ ।

यही अगस्ट ३१ सम्म पूर्ण रुपमा विदेशी सेनाले अफगानिस्तान त्याग्नुपर्ने तालिबानले बताएको छ । तर सो समयसम्म उद्धार कार्य नसकिने अमेरिकाले बताउँदै आएको छ । हाल काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । तर अमेरिकी सेना फर्किएपछि सो विमानस्थलको नियन्त्रण कसको हातमा पुग्छ भन्ने चासो बढेको छ । (एजेन्सी)

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १ : ४७ बजे

प्रधानमन्त्रीले केही नेतासँग संवाद गर्न अनिच्छा देखाउँदा दूरी बढ्ने चिन्ता छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहमा जारी छ।

बालेन र कुलमानलक्षित डीपीको टिप्पणी : त्यो बेला मान्नुभएन, अहिले पनि स्वागत गर्न तयार छौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक

उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

सियोल– उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा कम्तीमा एउटा

छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक

रास्वपा बिग्रिएको निचोडसहित डीपीले भने : मझेरी खनेर आँगन पुर्ने काम बन्द गरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल