काबुल विमानस्थलमा विमान पर्खिरहेका ४२ जना नेपाली सुरक्षित « Khabarhub

काबुल विमानस्थलमा विमान पर्खिरहेका ४२ जना नेपाली सुरक्षित


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट उद्धार गरेर नेपाल फर्काउन तयारी अवस्थामा राखिएका नेपालीहरु सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुल विमानस्थल नजिकैको सुरिक्षत स्थानमा ४२ जना नेपालीलाई राखिएको छ । ती सबै नेपालीहरु सकुशल रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्लासलले जानकारी दिइन् ।

विहीबार काबुल विमानस्थल नजिकै दुई वटा बम विस्फोट हुँदा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा ९० जनाको मृत्यु भएको थियो । सो आत्मघाति आक्रमणमा कम्तिमा १५० जना घाइते भएका छन् । विहीबारको आक्रमणपछि उद्धार कार्यमा कठिनाइ भइरहेको छ । ती ४२ जना नेपालीहरु काबुलबाट बाहिर जान विमान कुरेर बसिरहेका छन् ।

तर, उनीहरुको उडानबारे कुनै टुंगो भने लागेको छैन । परराष्ट्रकी प्रवक्ता लम्सालले उनीहरुको उद्धारका लागि सबै पक्षसँग समन्वय भइरहेको बताइन् । तर उनीहरु कहिले काबुलबाट बाहिर निकालिन्छन् भन्ने विषयमा भने यकिन नभएको बताइ्न् । उनले नेपालीहरुको सुरक्षा र उद्धार अहिलेको सबैभन्दा मुख्य चासोको विषय भएको बताइन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : २२ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न