काबुल विमानस्थलबाट सर्वसाधारणको उद्धार जारी राख्ने अमेरिकी घोषणा | Khabarhub Khabarhub

काबुल विमानस्थलबाट सर्वसाधारणको उद्धार जारी राख्ने अमेरिकी घोषणा


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अफगानिस्तान छोड्न चाहने सर्वसाधारणलाई अगष्ट अन्तिमसम्म नै उद्धार जारी राख्ने अमेरिकाले जनाएको छ ।

उद्धार जारी रहँदा काबुल विमानस्थलमा १७० जनाको ज्यान जाने गरी भएको बिस्फोटकाबीच अमेरिकाले उद्धार जारी राख्ने घोषणा गरेको हो ।

अझै पनि विमानस्थल आसपासको क्षेत्रमा आक्रमणको उच्च जोखिम रहे पनि उद्धार नरोक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । नेटोमा आबद्ध अधिकांश देशहरुले भने उडानहरु बन्द गरिसकेका छन् ।

अहिलेसम्म एक लाख ११ हजारभन्दा बढीलाई अफगानिस्तानबाट उद्धार गरिसकिको अमेरिकाले जनाएको छ ।

अमेरिकाले आफ्ना सैनिक फिर्तीका लागि तय गरेको समय सीमा अगस्ट ३१ मा सकिँदै छ । अहिले काबुल विमानस्थल अमेरिकी सैनिकको नियन्त्रणमा छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : २५ बजे

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा