बेचिएका ७ जना महिलाको भारतबाट उद्धार, दुईजना पक्राउ | Khabarhub Khabarhub

बेचिएका ७ जना महिलाको भारतबाट उद्धार, दुईजना पक्राउ


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– बेचबिखनमा परेका ७ जना पीडित महिलाहरुलाई भारतबाट उद्धार गरिएको छ । विहार राज्यको पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो ११ आदापुर बजार भन्ने स्थानबाट उनीहरुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । बेचबिखनमा संलग्न भएको आरोपमा २ जनालाई वीरगंज महानगरपालिका १६ इनर्वाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो ११ ठेगाना भएका २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषा लगराइन बस्ने २४ वर्षीया ममता कुमारी भन्ने अजिमा खातुन रहेका छन् ।

विभिन्न जिल्लाबाट ७ जना महिलाहरुलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो ११ आदापुर बजार भन्ने स्थानमा पुर्‍याई बेचबिखन भइरहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएपश्चात खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी आफन्त नेपाल संस्थासँगको सहकार्यमा ती महिलाहरूको उद्धार गरेको हो ।

विकेश र अजिमाले अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई विश्वासमा पारी भारतको छौँडादानो भन्ने स्थानमा लगेर अँध्यारो कोठामा राखी भारतकै विभिन्न स्थानमा पठाई रकम लिई निजहरूको इच्छाबिपरीत बिनापारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिई श्रमशोषण गरेको र बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरु उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ६ : ५५ बजे

कहाँ र कहिले भेट्दैछन् ट्रम्प र पुटिन ?

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच

विद्युत् प्राधिकरणले आइतबार ४० औँ वार्षिकोत्सव मनाउने 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४० औँ वार्षिकोत्सव आइतबार (भदौ

१२ जनासम्म यात्रु बोक्ने पानी जहाज दर्ता गर्नु नपर्ने, यस्तो छ समितिको प्रतिवेदन

काठमाडौं– सरकारले पन्ध्र मिटरभन्दा कम र १२ जनासम्म यात्रु बोक्ने

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने