तीन किलो कोकिनसहित ३ जना विदेशी नागरिक पक्राउ | Khabarhub Khabarhub

तीन किलो कोकिनसहित ३ जना विदेशी नागरिक पक्राउ


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागू औषध कोकिनसहित तीनजना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी लागू औषध नियन्त्रण ब्यूरोका अनुसार २ किलो ९६६ ग्राम कोकिनसहित तीनजना पक्राउ परेका छन् ।

ब्यूरोले आइतबार पक्राउ परेका तीनजना विदेशी नागरिकलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । ब्यूरोले तान्जानियाका गेर्तुदे लियोनार्ड किमारो सिन्धुलीको खुर्कोटबाट र अन्‍य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको छ । काठमाडौंबाट पक्राउ पर्नेमा दक्षिण अफ्रिकी नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह छन् ।

पक्राउ परेका उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्‍यूरोले जनाएको छ ।

कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्‍ने सूचनाको आधारमा पक्राउ गरिएको ब्‍यूरोले जनाएको छ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : २७ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ