रिभाइभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन हुने « Khabarhub

रिभाइभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन हुने


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रिभाइभ लिजरपार्कको स्थापनाको उपलक्षमा ‘‘प्रथम रिभाइभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ आयोजना हुने भएको छ । कोभिड १९ बाट प्रभावित खेललाई यस प्रतियोगिताले केही रिफ्रेस बनाउने छ ।

असोज १ देखि ५ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेट्रान्स युगल गरी ४ विधामा खुल्ला प्रतिस्पर्धा गराइने छ ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराइने छ । च्याम्पियनसिपमा ३०० बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । नगद पुरस्कारका विषयमा जति सक्दो बृद्धि गरिने भएका कारण अहिले नै पुरस्कारको राशी नतोकिएको आयोजकले जनाएको छ ।

सोही क्रममा नेपालका लागि अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

आयोजकको लगनखेलस्थित आफ्नै कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपका दौरान कोभिड १९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालाना गर्दै खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियल र अत्यावश्यक ब्यक्तिहरुलाई मात्र हलमा प्रवेशको ब्यवस्था गरिने छ ।

‘‘हाम्रो उद्देश्य भनेको केवल नाफा कमाउनु मात्र नभई नेपालीहरुलाई शारीरिक, मानसिक रुपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना तथा बालबालिकाहरुलाई उच्च स्तरको प्रशिक्षणको ब्यवस्था गरी नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीहरु उत्पादन गर्नु र निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पुर्याउने उद्देश्य रहेको हो’’, अध्यक्ष शुक्र पाख्रिनले बताए ।

करिव १८ करोड लगानी रहेको रिभाइभ लिजर पार्क हेल्थ क्लबको कम्पाउण्ड भित्र ब्याडमिन्टन हल, जोडो, कराते, उसु हल, स्विमिङ्गपुल, जिम, जुम्बा हल, साउना स्टिम, मसाज थेरापी, सैलुन पार्लर लगायत बि।एण्ड बि। रुम, सेमिनार, पार्टिहल सहित रेस्टुरेण्ट समेत रहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ५ : ०७ बजे

एमालेको ७२ खुला केन्द्रीय सदस्यमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ भएको मतदानमा

जाँचबुझ आयोगको म्याद एक महिना थपियो

काठमाडौं– सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको

नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)को केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया

चीन नेपालको असल सहयोगी, ‘एक चीन नीति’मा प्रतिबद्ध छौँ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच

निजी क्षेत्रले प्राधिकरणसँग राख्यो विद्युत् व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव  

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत्