अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी « Khabarhub

अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको लुइजियानामा ‘आइडा’ नामक शक्तिशाली आँधी आएको छ ।

अचानक आएको समुद्री आँधीले तटीय क्षेत्र डुबाएको छ । आँधीपछि १०औँ हजार मानिसलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ । कयौँ अझै पनि उद्धारको पर्खाइमा रहेको जनाइएको छ ।

विद्युत सेवा अवरूद्ध हुँदा सात लाखभन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले जनाएको छ । न्यूअर्लियन्स नजिकै अस्पतालको छाना आँधीले उडाएको छ । आँधीकै कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ।

दुई सय किलोमिटर प्रतिघण्टा वेगको गतिमा अघि बढिरहेको आँधीले  थप विनाश निम्त्याउन सक्ने अमेरिकी राष्ट्रिय मौसम विभागले चेतावनी दिएको छ ।

लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन्। यसअघि कट्रिना आँधीले सन् २००५ मा १८ सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ७ : ३० बजे

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता