‘बिजुली छैन भोलि आउनु’ « Khabarhub

‘बिजुली छैन भोलि आउनु’


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ ।

जिप्रकामा  जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो ।

विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताए ।

“अधिकांश काम कम्प्युटर र इन्टरनेटबाट गर्नुपर्छ”, उनले भने, “विद्युत् आपूर्ति नहुँदा समस्या भएको छ ।” आइतबार अपराह्न झरी परिरहेका अवस्थामा कार्यकक्षमा अँध्यारो भएपछि उनी मोबाइलको टर्च बालेर कागजपत्र प्रमाणित गर्दै थिए ।

कम्प्युटरमा टाइप गर्न बिजुली नभएपछि अन्य कर्मचारीले अतिआवश्यक काम हातले लेखेर गरिरहेका थिए । बागलुङ र पर्वतका सिमानामा पोल ढल्दा आइतबार दिउँसो १ देखि ५ बजेसम्म म्याग्दीमा विद्युत् आपूर्ति बन्द भएको थियो ।

जिल्लामा विद्युत् आपूर्ति अनियमित हुने समस्या छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेबाट श्रीमतीको नागरिकता बनाउन आएका ताराप्रसाद छन्त्यालले समयमा काम नहुँदा थप दुई दिन बेनी बस्नुपर्ने अवस्था आएको गुनासो गरे ।

“सानो बच्चासहित श्रीमतीलाई लिएर मध्याह्न१२:३० मा आएका थिऔँ”, उनले भने, “बिजुली छैन भनेर दिनभरि काम गरेनन् । आज बिदा छ । आइतबारै काम सकेर फर्कने योजना थियो । मङ्गलबारसम्म बेनी बस्नुपर्ने भयो ।”

जनजातिको प्रमाणपत्र बनाउन आएकी मालिका गाउँपालिका–५ देवीस्थानकी हेमा रानामगरले दिनभरि कुरेर काम नभएपछि त्यसै फर्कनुपरेको गुनासो गरिन् ।

“बिजुली छैन भनेर काम गरेनन्, वैकल्पिक व्यवस्था रहेनछ”, उनले भनिन्, “यस्तो महत्वपूर्ण कार्यालयमा विद्युत् आपूर्तिको विकल्प नगर्दा नागरिकलाई सास्ती भयो ।”

नागरिकताको प्रतिलिपि बनाउन आएका देवीस्थानकै सुरत पुनले पनि कामै सम्पन्न नभइ फर्कनुपरेको गुनासो गरे । नागरिकता वितरण, सिफारिस, संस्था दर्ता, नवीकरणलगायतका काम लिएर प्रशासनमा पुग्ने सर्वसाधारण मर्कामा परेका छन् ।

संवेदनशील विषयमा हुने सूचना आदानप्रदान गर्न पनि समस्या भएको कर्मचारीले बताएका छन् । करिब एक महिनादेखि विद्युत् आपूर्तिमा समस्या भएको बताइएको छ ।

विसं २०७६ मा जडान गरिएको सोलार, ब्याट्री र इन्भटर बिग्रिएपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

“वारेन्टीको म्याद अझै दुई वर्ष रहेछ । आपूर्तिकर्तालाई तत्कालै मर्मत गर्न निर्देशन दिएका छौँ”, उनले भने, “सोलारबाट चार्ज गरेर ब्याट्री र इन्भटर बनाउन घाम नलागेपछि प्राविधिक हिसाबले समस्या भयो ।” – रासस

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : ३० बजे

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक आज

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

कैलाली– कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक

राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक