सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा, मन्त्रिपरिषद् विस्तारबारे छलफल | Khabarhub Khabarhub

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा, मन्त्रिपरिषद् विस्तारबारे छलफल


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ गठबन्धनबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको हो ।

तर, दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय नपारी मन्त्रिपरिषद् विस्तार भए मन्त्री हुन नपाएकाहरुले पार्टी फुटाउन सक्ने जोखिम रहेको भन्दै त्यसलाई निष्क्रिय पारेर अघि बढ्ने विषय पनि छलफलमा आएको स्रोतले जनाएको छ ।

आजको बैठकमार्फत मन्त्रालयको भागबन्डा मिलाउने र सकेसम्म आजै नत्र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तारको तयारी भएको नेताहरुले जनाएका छन् ।

बैठकमा जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाललगायत सहभागी छन्।

यसअघि मन्त्रालय बाँडफाँडका विषयमा देउबाले आइतबार प्रचण्ड र नेपालसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १० : ५९ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको