महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा (भिडियो सहित) « Khabarhub

महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा (भिडियो सहित)


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन् । सोमबार काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरे ।

आफ्नो दावेदारीको आधार आफ्ना आग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफुले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताए । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको बताए ।

थापाले पार्टीभित्रको प्रतिष्पर्धामा सहयोग गर्न आग्रह गर्दै आफूले गर्न सक्ने काम गर्ने प्रतिवद्धता जनाए ।

१३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीको उम्मेदवार बनेका थिए । त्यतिबेला उनले आफ्नै ससुरा अर्जुननरसिंह केसी र बीपी पुत्र डा. शशांक कोइरालासँग प्रतिष्पर्धा गरेका थिए ।

त्यतिबेला उनी कृष्ण सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर, यो पटक उनलाई महामन्त्रीको उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाको टिम र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैको टिम तयार देखिन्छ ।

थापा मंसिरमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका सबैभन्दा बलियो उम्मेदवार बन्ने विश्वास गरिएको छ । कांग्रेस विधानमा २ जना महामन्त्री हुने व्यवस्था छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : ४८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर