१२ को परीक्षाः सीसीएमसी र स्वास्थ्य मन्त्रालयको अनुमतिको पर्खाइमा बोर्ड « Khabarhub

१२ को परीक्षाः सीसीएमसी र स्वास्थ्य मन्त्रालयको अनुमतिको पर्खाइमा बोर्ड

दशैँअघि परीक्षा सक्ने सोचमा शिक्षा मन्त्रालय


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि आवश्यक सबै तयारी गरिसकेको छ ।

बोर्ड परीक्षा सञ्चालनका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमतिको पर्खाइमा रहेको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार सीसीएमसी र स्वास्थ्य मन्त्रालयको परीक्षा सञ्चालनको अनुमति दिए बोर्ड परीक्षा सञ्चालन गर्न तयारी अबस्थामा रहेको छ ।

शर्माले भने, ‘मन्त्रालय र सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाउनसाथ परीक्षा सञ्चालनको कामलाई अघि बढाउँछौँ ।’
यसअघि गत साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको बोर्डले सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सिफारिसमा परीक्षा स्थगित गरेको थियो ।

कोरोना संक्रमणको जाखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा नगर्न आग्रह गरेपछि परीक्षा स्थगित भएको थियो ।

पहिलो पटक गत जेठ २६ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको बोर्डले वैशाख दोस्रो सातादेखि कोरोना महामारीको दोस्रो लहर बढेर निषेधाज्ञा जारी भएकाले परीक्षा स्गगित गरेको थियो ।

बारम्बार परीक्षा स्थगित भएका कारण विद्यार्र्थीहरुमा तनाब बढ्नुका साथै वैदेशिक अध्ययनमा जाने सोच बनाएका विद्यार्थीहरु समस्यामा परेका छन् ।

सीसीएमसी बाधक नबन्ने

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सहसचिव एंव प्रवक्ता नूरहरि खतिवडाले कक्षा १२ को परीक्षामा सीसीएमसी बाधक नबन्ने बताए ।
स्वास्थ्य मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले समन्वय गरेर परीक्षा गर्ने निर्णय गरे त्यसमा सीसीएमसी बाधक नबन्ने उनले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको निर्णय विपरीत सीसीएमसी नजाने उनले बताए । शिक्षा मन्त्रालयले परीक्षा सञ्चालन गर्ने निर्णय गरेर त्यसमा स्वास्थ्य मन्त्रालयले अनुमति दिएको खण्डमा सीसीएमसीले त्यसमा सहयोग गर्ने उनको भनाइ छ ।

उनका अनुसार यसअघि पनि स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न सीसीएमसीलाई पत्राचार गरेकाले मात्र परीक्षा राकिएको हो । स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न आवश्यक छैन भनेको खण्डमा सीसीएमसीले त्यसमा कुनै पनि बाधा अडचन गर्दैन ।

स्वास्थ्य मन्त्रालय र सीसीएमसीसँग अनुमति मागियो

परीक्षा सञ्चालनको लागि स्वास्थ्य मन्त्रालय र सीसीएमसीसँग अनुमति माग गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

यसअघि स्वास्थ्य मन्त्रालय र सीसीएमसीको आग्रहमा परीक्षा स्थगित गरिएकाले पुनःपरीक्षा सञ्चालनका लागि अनुमति माग गरिएको उनले बताए ।
स्वास्थ्य मन्त्रालय र सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएँ दशैअघि नै परीक्षा सक्ने योजनामा शिक्षा मन्त्रालय रहेको उनको भनाइ छ ।

शर्माले भने, ‘स्वास्थ्य मन्त्रालय परीक्षा सञ्चालनमा सहमत भए घटस्थापना भन्दा अघि नै परीक्षा सक्नुपर्छ भन्ने पक्षमा हामी छौँ ।’

उनका अनुसार परीक्षा सञ्चालनको विषयमा स्वास्थ्य मन्त्रालय र सीसीएमसीसँग दुई पटक छलफल भएको छ । स्वास्थ्य मन्त्रालयले भने हालसम्म परीक्षा सञ्चालनको अनुमति दिएको छैन् ।

विश्वविद्यालय लगायत अन्य तहका परीक्षाहरु सञ्चालन भइरहेकाले पनि सबै निकायहरु कक्षा १२ को परीक्षा गर्ने पक्षमा रहेको उनले बताए ।
१५ दिनको समय राखेर परीक्षा तालिका सार्वजनिक गर्नुपर्ने भएकाले आगामी हप्ताभित्र यस विषयमा टुङ्गो लाग्ने उनको भनाइ छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता शमिर अधिकारीले भने शिक्षा मन्त्रालयले परीक्षा सञ्चालनको लागि पत्रचार गरेको कुरा आफूलाई थाहा नभएको बताए ।

उनले भने, ‘शिक्षा मन्त्रालयले परीक्षा सञ्चालन अनुमतिका लागि पत्रचार गरेको विषय मलाई थाहा छैन ।’

परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने निर्णय सीसीएमसीले गर्ने उनले बताए । कोरोना महामारीको विषयमा निर्णय गर्ने अधिकार सीसीएमसीलाई रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ६ : २७ बजे

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र