२० वर्षपछि अफगानिस्तानबाट फर्कियो अमेरिकी फौज « Khabarhub

२० वर्षपछि अफगानिस्तानबाट फर्कियो अमेरिकी फौज


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ ।

अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टिन विमान उडेको छ । योसँगै अफगानिस्तानमा अमेरिकाले जारी राखेको २० वर्षको सैन्य कारबाही औपचारिकरूपमा समाप्त भएको छ ।

२० वर्षको अमेरिकी सैन्य कारबाहीमा अलकायदाका प्रमुख ओसामा विन लादेन र तालिबानका तत्कालीन प्रमुख ओमार मारिएका छन् । दुई दशकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको जनाइएको छ ।

अमेरिकी सेना चढेको अन्तिम विमान काबिलबाट बाहिरिएसँगै, तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर तथा गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानबाट फर्किदै गरेको अमेरिकी फौज । तस्वीर : रोयटर्स ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने प्रतिबद्धताअनुरूप नै सेना फिर्ता भएका हुन् । तालिबानले अगष्ट १५ मा काबुल कब्जामा लिएपछि अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरिएको बाइडेनले जानकारी दिएका छन् ।

यसैबीच पेन्टागननमा पत्रकार सम्मेलन गर्दै जनरल मकेन्जीले सन् २००१ सेप्टेम्बर ११ को केहीपछि अफगानिस्तानमा सुरु भएको सैनिक कारबाही समाप्त भएको घोषणा गरेका छन् ।

अमेरिकी फौज फर्किएपछि तालिबानका एकजना प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका छन् ।

– बीबीसीको सहयोगमा

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : ११ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको