२० वर्षपछि अफगानिस्तानबाट फर्कियो अमेरिकी फौज « Khabarhub

२० वर्षपछि अफगानिस्तानबाट फर्कियो अमेरिकी फौज


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ ।

अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टिन विमान उडेको छ । योसँगै अफगानिस्तानमा अमेरिकाले जारी राखेको २० वर्षको सैन्य कारबाही औपचारिकरूपमा समाप्त भएको छ ।

२० वर्षको अमेरिकी सैन्य कारबाहीमा अलकायदाका प्रमुख ओसामा विन लादेन र तालिबानका तत्कालीन प्रमुख ओमार मारिएका छन् । दुई दशकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको जनाइएको छ ।

अमेरिकी सेना चढेको अन्तिम विमान काबिलबाट बाहिरिएसँगै, तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर तथा गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानबाट फर्किदै गरेको अमेरिकी फौज । तस्वीर : रोयटर्स ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने प्रतिबद्धताअनुरूप नै सेना फिर्ता भएका हुन् । तालिबानले अगष्ट १५ मा काबुल कब्जामा लिएपछि अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरिएको बाइडेनले जानकारी दिएका छन् ।

यसैबीच पेन्टागननमा पत्रकार सम्मेलन गर्दै जनरल मकेन्जीले सन् २००१ सेप्टेम्बर ११ को केहीपछि अफगानिस्तानमा सुरु भएको सैनिक कारबाही समाप्त भएको घोषणा गरेका छन् ।

अमेरिकी फौज फर्किएपछि तालिबानका एकजना प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका छन् ।

– बीबीसीको सहयोगमा

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : ११ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको