शरीरका कोठीको अर्थ | Khabarhub Khabarhub

शरीरका कोठीको अर्थ


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको शरीरमा कहीँ न कहीँ कोठी हुन्छ । अक्सर हामी यसलाई शरीरको सामान्य संरचना मान्दछौ । तर ज्योतिष शास्त्रमा भने शरीरमा रहेका कोठि सामान्य नभइ भविष्यको राज लुकेको हुन्छ । यस्तोमा शरीरको विभिन्न हिस्सामा रहेको कोठिको अर्थ के हुन्छ त ?

निधारको कोठी
ज्योतिष शास्त्रका अनुसार कुनै मानिसको निधारमा कोठी भए शुरुवातमा संघर्ष गरेपछि धनवान हुने संकेत गर्दछ ।

ओठको कोठी
ज्योतिष शास्त्रका अनुसार ओठमा भएको कोठीको अर्थ व्यक्ति अत्यधिक प्रेमी स्वभावको हुने संकेत गर्दछ । यस्ता व्यक्तिको एकभन्दा बढि व्यक्तिसंग प्रेम सम्बन्ध हुने मान्यता छ ।

गालाको कोठी
यदि कसैको गालामा कोठी छ भने यसले व्यक्तिको आकर्षण क्षमता झन् बलियो पार्दछ । यस्ता व्यक्ति आर्कषक हुनुका साथै अत्यधिक आकर्षक हुने ज्योतिषिय मान्यता छ ।

छातीको कोठी
छातीमा कोठी हुनेहरुले पारिवारिक बाधाको सामना गर्नुपर्ने ज्योतिषिय मान्यता छ । साथै परिवारका सदस्यसंग तालमेल नमिलेर समस्या हुनसक्ने मान्यता छ ।

पैतालामा कोठी
खुट्टाको मुनिको भाग पैतामा भएको कोठीले घरबाट टाढा लाने संकेत गर्दछ । ज्योतिषिय मान्यता अनुसार यस्ता व्यक्तिले जीवनमा ठुलो सफलता पाउन सक्छन् ।

पेटको कोठी
पेटमा कोठी भएका व्यक्तिहरु अत्यन्त धनवान हुने ज्योतिषिय मान्यता छ । तर पेटमा कोठी भएका व्यक्तिको स्वास्थ्य अक्सर खराब रहने मान्यता छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ३७ बजे

उत्तर कोरियाको चेतावनी : थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा

सियोल– पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

काठमाडौं– नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय

कुर्सी र सत्ताको सिँढी नबनोस् जेन–जी आन्दोलन  

नेपाल अहिले राजनीतिक रूपमा संवेदनशील मोडमा छ । विगत केही

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक