इलाममा आजबाट कोभिडविरुद्धको दोस्रो डोज लगाइँदै « Khabarhub

इलाममा आजबाट कोभिडविरुद्धको दोस्रो डोज लगाइँदै


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- पहिलो डोज खोप लगाएका जेष्ठ नागरिकलाई इलाममा मंगलबारदेखि कोभिडविरुद्धको दोस्रो डोज खोप लगाइँदैछ । पाँच स्थानीय तहमा आजबाट र पाँच स्थानीय तहमा बुधबारदखि खोप अभियान सञ्चालन हुँदैछ ।

देउमाई नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पहिलो डोज लगाएकाहरुले दोस्रो डोज पाउने छन् ।

१५ र १६ भदौमा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिको जेष्ठ नागरिकलाई खोप दिइने छ । त्यस्तै, १९ र २० भदौमा भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज दिइँदैछ । त्यस्तै, १७ भदौमा विश्वविद्यालय तहको परीक्षामा सामेल हुने विद्यार्थीका लागि प्रवेशपत्रको आधारमा खोप दिइने भएको छ ।

इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा भने बुधबारबाट खोप लगाइने छ । यी पाँच पालिकामा १६ र १७ गते कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाइने छ ।

त्यस्तै, १९ र २० भदौमा भेरोसेलको पहिलो डोज लगाएकालाई खोप लगाइने भएको छ । २१ भदौमा विश्वविद्यालयस्तरको परीक्षामा सामेल हुने परीक्षार्थीलाई खोप लगाइने स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : ०९ बजे

खिवाङ–घराम्दी सडक अलपत्र

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने

दुर्गा प्रसाईंको दाबी : जेन-जी आन्दोलनमा मेरो संलग्नता थिएन

काठमाडौं- व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं ले आफू २०८२ भदौ