अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा « Khabarhub

अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ ।

अर्थ मन्त्रालयमार्फत गत जेठ ४ गते अक्सिजन प्लान्ट सञ्चालनका निम्ति रु एक करोड ५० लाख बजेट स्वीकृत भएको थियो । स्वीकृत बजेट अझैसम्म प्राप्त नहुँदै प्लान्टको काम भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।

तानसेनस्थित पाल्पा अस्पतालमा अक्सिजन प्लान्टका लागि रु एक करोड ५० लाख तथा सघन उपचार केन्द्र कक्ष र भेन्टिलेटरका लागि रु तीन करोड बजेट अर्थ मन्त्रालयबाट सुनिश्चित भएपछि ठेक्का लागेको थियो।

अक्सिजन प्लान्ट राख्ने ठाउँ नहुँदा समय लागेको हो । अहिले अक्सिजन प्लान्ट राख्ने भवन निर्माण कार्य पूरा भएको छ । भवन निर्माण र अक्सिजन उत्पादन गर्ने मेसिन उद्यारोमा खरीद गरी सञ्चालन गर्न लागिएको अध्यक्ष पाण्डेयले बताए ।

जिल्लामा निशेधाज्ञा फितलो भएसँगै कोरोना सङ्क्रमणको दर उच्च हुँदै गएको छ । अक्सिजन प्लान्ट जडानका निम्ति चाहिने विद्युत्लगायतका अन्य साम्रगी प्राप्त भएमा एक हप्तामै अक्सिजन उत्पादन कार्य सुरु हुने प्राविधिक देवेन्द्र श्रेष्ठले बताए ।

पाल्पामा पहिला पहिला अक्सिजन अभाव भएपछि बुटबल तथा चितवनसम्म जानुपर्ने बाध्यता रहेको थियो । अक्सिजन प्राप्तिको निम्ति सर्वसाधारण नागरिकले बिरामीको उपचारका निम्ति सास्ती खेपेका थिए ।

पाल्पा अस्पताललगायत अन्य अस्पतालमा उत्पादित अक्सिजनले पाल्पामा अब अक्सिजनको अभाव नहुने अस्पतालका मेसु जगदीश कुँवरले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ३ : ५९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर