धनी देशहरूमा त्यहाँको कुल जनसंख्याभन्दा बढी कोभिड भ्याक्सिन डोज दर्ता भएको छ । औसतमा सय जनामा १०५ डोजको दरले । निम्न आय भएका देशमा यो तथ्यांक सय जनामा दुई जनाको दरमा छ । संसारकै महामारीकालमा देखिएको यो एउटा असमानता हो ।
यी देशहरूमा कोभिड संक्रमण फैलिने दरमा भएका असमानताबारे पनि धेरै बहस भए । भाइरस नियन्त्रणमा आउन शुरू गरेसँगै यो असमानता देखिनु विरोधाभास पूर्ण छ ।
भाइरस उन्मूलन हुने सम्भावना कम छ । बरु यो केही युरोपेली राष्ट्रमा रहेर इन्डेमिक स्वरूपमा रहन सक्छ । भ्याक्सिनको प्रभावकारिताका कारण धनी देशका व्यक्तिका लागि ‘लिभ विथ द भाइरस’ सम्भव छ, गरिब देशमा यस्तो छैन । संसारका सबैभन्दा गरिब ३९ देशको कुल जनसंख्या लगभग १ अर्ब छ । त्यहाँ औसतमा मुस्किलले दुई प्रतिशतले भ्याक्सिन लगाएका छन् ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ०.१ प्रतिशत, हाइटीमा ०.२४ प्रतिशत, चाडमा ०.२७ प्रतिशत र तान्जानियामा ०.३६ प्रतिशतको आँकडा रहेको छ । पश्चिमा देशहरूमा भन्दा यहाँ ‘लिभ विथ द भाइरस’ को कुरा एकदम फरक बनेको छ ।
महामारी कालले तत्कालका लागि स्वास्थ्य सेवामा असर गरे पनि आर्थिक उत्थानमा लामो समयसम्म असर पुर्याउनेछ । आईएमएफले दिएको चेतावनीअनुसार भ्याक्सिन माथिको पहुँचमा रहेको नाटकीय भिन्नताले रिकभरीमा पनि दुई खराब ढङ्गले दुई ट्र्याकको अवस्था निम्त्याउँछ । गरिबहरू कोभिडको मारमा मात्रै पर्दैनन्, उनीहरूलाई कोभिडबाट पुरानो अवस्थामा आउन पनि समय लाग्छ ।
धनी देशले लिएको नीतिका कारण भाइरससँग बाँच्नका लागि गरिब देशका व्यक्तिलाई अझ कठिन बनाएको छ । संसारका ठूला अर्थतन्त्र भएका जी सेभेन देशहरूले वर्षको अन्त्यसम्ममा अतिरिक्त एक करोड डोज कोभिड भ्याक्सिन भण्डार गर्नेछन् । बेलायत एक्लैले मात्र दुई सय मिलियनभन्दा बढी भण्डार गर्नेछ ।
जी सेभेन देशले भण्डार गरेको डोजले अफ्रिकाको सब सहारा क्षेत्रका हरेक वयस्कलाई भ्याक्सिन दिएर पनि बढी हुन्छ ।
विडम्बना यो छ कि गरिब देशले भ्याक्सिनमा प्राप्तिमा कुनै संकोच देखाएनन् तर समुदायमा भ्याक्सिन लगाउन इच्छुकहरूका लागि उपलब्ध हुन सकेको छैनन् । जहाँ, धेरै देशका नागरिकले नै भ्याक्सिन माथि शंकाको दृष्टिले हेरिरहेका छन् र त्यहीँ भ्याक्सिन भण्डार गरिएको छ । यसको प्रमाण स्वरूप एक लेखकले विश्वव्यापी भ्याक्सिन संकोचको बारे गरेको निरीक्षण यस्तो छ– दक्षिणमा भ्याक्सिन वितरणलाई प्राथमिकता दिएमा विश्वव्यापी इम्युन गर्ने कुरामा चाँडो नतिजा पाउन सक्थ्यौ ।
अझै तर्क र आवश्यकतालाई टाढा राख्दै खल्ती कति गहिरो छ भन्ने आधारमा भ्याक्सिनको नीति बनेको छ ।
कोभ्याक्सको कथाले विश्वव्यापी असमानता केही मात्रामा घटाएको छ । विश्व स्वास्थ्य सङ्गठन, जाभी, क्याम्पेन टु इन्क्रिज एक्सेस टु इम्युनाइजेसन इन पोर कन्ट्री र कोलिसन फर इपिडेमिक प्रिपेडनेस इनोभेसन (सीइपीआई) ले संयुक्त रूपमा सञ्चालन गरेको कोभ्याक्सले संसारका मध्यम तथा निम्न आय भएका ९२ देशलाई निष्पक्ष ढङ्गले भ्याक्सिन उपलब्ध गराउने लक्ष्य राखेको छ ।
बाचा गरेको २ अर्बमध्ये यसले हालसम्म १० प्रतिशत भन्दा कम डोजमात्र उपलब्ध गराएको छ ।
यसरी कम हुनुको एउटा कारण के हो भने धनी देशले कोभ्याक्सलाई भ्याक्सिनको बजारबाट कुहिनाले ठेल्दै आवश्यक डोज प्राप्त गर्न नै नसक्ने बनाउन सक्छन् । बकवास तवरले कोभ्याक्सलाई भ्याक्सिनको लाइनमा अगाडि राख्न छाडेर धनी देशले योजना बनाएर भ्याक्सिन लिए, चाहे अन्य देशका लागि स्टक किन कम नहोस् । बेलायत, क्यानडा, अस्ट्रेलिया, न्यु जिल्यान्ड, दक्षिण कोरिया, साउदी अरेबिया र कतारले सयौँ हजारको मात्रामा कोभिड भ्याक्सिन अधिग्रहण गरेका छन् । यो निन्दनीय स्वार्थ हो तर मुस्किलले स्वीकार गरियो ।
कोभिड नीति मानिसलाई तर्साउन र अपमान गर्न डिजाइन गरिएको यो एउटा बकवास कदम थियो । यसमा धेरै आक्रोश व्यक्त भएपछि प्रहरी फिर्ता भएका छन् । यसले आउँदो संसारको झलक दिएको छ जहाँ कोभिडको डरले अपमान र भेदभावयुक्त अध्यागमन नीति लागु हुनेछ ।
अहिले भर्खरसम्म एक या दुई हट स्पटलाई छाड्ने हो भने अफ्रिकी देशमा तुलनात्मक रूपमा संक्रमण र मृत्युदर कम छ । महादेशमा रहेको साँचो यथार्थभन्दा डाटा संकलनमा भएको कमजोरीका कारण यसो भएको हुन सक्छ । अहिले यी कुराहरू छिटो गतिमा परिवर्तन भइरहेका छन् । युरोपमा डेल्टा भेरिअन्ट नै भित्रिए पनि भ्याक्सिनेसनको माध्यमबाट संक्रमणको साङ्लो कमजोर बनाइएको छ । गम्भीर बिरामी हुने र अस्पताल भर्ना हुनेको संख्यामा कमी ल्याइएको छ । अफ्रिकाको सब सहारामा भने यो बढ्दो क्रममा छ ।
बहुसंख्यक बेलायती नागरिकले दोस्रो डोज भ्याक्सिन लगाइसकेका छन् तर धेरै अस्पतालले सहन सक्ने दबाब झेलेका छन् । यसो भए प्रजातान्त्रिक गणतन्त्र कङ्गो वा तान्जानिया जस्ता देशको अवस्था कल्पना गरौँ त जहाँ एक प्रतिशतभन्दा कमले भ्याक्सिन लगाएका छन् र जहाँ महामारी अघि पनि स्वास्थ्य संरचना मुस्किलले चलिरहेको थियो । ती देशहरूमा कोभिडका कारण अन्य इन्डेमिक रोगसँग लड्ने क्षमतामा थुप्रै समस्या निम्त्याएको छ ।
एक अध्ययनले देखाएअनुसार त्यहाँ अबको पाँच वर्षमा एचआइभी, क्षयरोग र मलेरियाबाट मर्नेको संख्यामा क्रमशः १० प्रतिशत, २० प्रतिशत र ३६ प्रतिशतले वृद्धि हुनेछ । यी सबै कोभिड संकटलाई टाढा राखेर गरिएको अध्ययन हो ।
महामारी कालले तत्कालका लागि स्वास्थ्य सेवामा असर गरे पनि आर्थिक उत्थानमा लामो समयसम्म असर पुर्याउनेछ । आईएमएफले दिएको चेतावनीअनुसार भ्याक्सिन माथिको पहुँचमा रहेको नाटकीय भिन्नताले रिकभरीमा पनि दुई खराब ढङ्गले दुई ट्र्याकको अवस्था निम्त्याउँछ । गरिबहरू कोभिडको मारमा मात्रै पर्दैनन्, उनीहरूलाई कोभिडबाट पुरानो अवस्थामा आउन पनि समय लाग्छ ।
शायद धेरै कपटी ढङ्गको कोभिड नीतिले संसारको राजनीतिक विभाजन अझ सुदृढ पार्नेछ । अहिले नै धनी देशहरू मुख्य द्वारभित्रको समुदायको रूपमा बसेका छन्, युरोपभित्रको, बेलायत भित्रको, अस्ट्रेलिया भित्रको । यी सबै गरिब देशकालाई बाहिर राख्न डिजाइन गरिए झैँ छन्, चाहे बसाइँ सराइ होओस् कि शरणार्थी ।
अनियमित बसाइँ सराइ र शरणार्थीको रूपमा आवेदन दिनेले पुग्ने देश होइन कि कुनै तेस्रो देशमार्फत प्रक्रिया अघि बढाउन आग्रह गरिनु ‘समुद्री किनार’ मा झैँ पर रहने संकेत हो, जुन अहिले पश्चिम युरोपको साझा अभ्यास बनेको छ । अमेरिकाले अफगान शरणार्थीलाई पनि यसै खाले व्यवहार गरिरहेको छ ।
क्षयरोगदेखि एड्ससम्म अधिकारीहरूले अध्यागमन नियन्त्रणको स्वरूप रोगसम्बन्धी भय प्रयोग गरेको लामो इतिहास छ ।
महामारीकालको संसारमा अझै परिभाषित गरिएको भ्याक्सिन पासपोर्ट र क्वारेन्टिन जस्ता नीतिमा अझै जकडिने छ । गत साता ग्रीक प्रहरीले अनियमित बसाइँ सराइ गरेर आउनेलाई पाँच हजार पाउन्ड जरिवाना गरेको थियो । आउनुअघि कोभिड परीक्षण नगरे बापत उनीहरू जरिवानामा परेका हुन् ।
आफ्नै लाभका लागि पनि विश्वव्यापी भ्याक्सिनेसन हुनुपर्ने केही कारण छन् । भ्याक्सिन नलगाएको धेरै जनसंख्याकै कारण नयाँ भेरिअन्ट उत्पन्न हुन सक्ने सम्भावना बलियो हुन्छ, भेरिएन्टले भइरहेको भ्याक्सिनलाई कम प्रभावकारी बनाउँछन् । यसकारण खोप लगाएका मान्छेहरू पनि कमजोर हुन्छन् । स्वार्थीपना अरूका लागि मात्र हानिकारक छैन, यसले आफ्नो पनि हित गर्दैन ।
कोभिड नीति मानिसलाई तर्साउन र अपमान गर्न डिजाइन गरिएको यो एउटा बकवास कदम थियो । यसमा धेरै आक्रोश व्यक्त भएपछि प्रहरी फिर्ता भएका छन् । यसले आउँदो संसारको झलक दिएको छ जहाँ कोभिडको डरले अपमान र भेदभावयुक्त अध्यागमन नीति लागु हुनेछ ।
भ्याक्सिन लगाएका धनी र भ्याक्सिन नलगाएका गरिबको बीचमा विभाजित संसारमा धेरै गैरपश्चिमा देशहरूले एकभन्दा बढी किसिमले आफूलाई रातो सूचीमा राखेको पाउने छन् ।
आफ्नै लाभका लागि पनि विश्वव्यापी भ्याक्सिनेसन हुनुपर्ने केही कारण छन् । भ्याक्सिन नलगाएको धेरै जनसंख्याकै कारण नयाँ भेरिअन्ट उत्पन्न हुन सक्ने सम्भावना बलियो हुन्छ, भेरिएन्टले भइरहेको भ्याक्सिनलाई कम प्रभावकारी बनाउँछन् । यसकारण खोप लगाएका मान्छेहरू पनि कमजोर हुन्छन् । स्वार्थीपना अरूका लागि मात्र हानिकारक छैन, यसले आफ्नो पनि हित गर्दैन ।
असमानताले महामारी परिभाषित गर्न सहयोग गर्छ । अझ यसले महामारीकालको विश्वको व्याख्या गर्न सक्छ । धनी देशका नेताहरूले लिएको निर्णय ‘आइएम अलराइट, ज्याक’ भन्दै सही छ भन्ने सन्देश दिन पनि यो व्याख्या गरिन्छ ।
(भारतमा जन्मिएका बेलायती लेखक न्युरो बायलजी र विज्ञानको इतिहासका ज्ञाता मानिन्छन् । २९ अगस्टमा द गार्डियनमा प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् । )
प्रतिक्रिया