काठमाडौंमा स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी विद्यालय खोल्न पाउने « Khabarhub

काठमाडौंमा स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी विद्यालय खोल्न पाउने


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंँमा स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) सँग समन्वय गरी विद्यालय खोल्न पाउने भएका छन् । जिल्ला प्रशान कार्यालयले विहीबारदेखि स्मार्ट लकडाउनको मापदण्ड पालना गरी विद्यालय खोल्न स्थानीय तहले डीसीएमसीसँग समन्वय गर्न सक्ने निर्णय गरेको हो ।

प्रशासनले निषेधाज्ञा सम्बन्धी बुधबार आदेश जारी गर्दै भौतिक रुपमा विद्यालय नखोल्ने तर खोल्नै परे स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी खोल्न सक्ने निर्णय गरेको हो । यस्तै स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म गर्न पाइने छ । सार्वजनिक क्षेत्र निर्माणका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्म सामग्री ढुवानी गर्न पाइने व्यवस्था गरिएको छ ।

यस्तै आदेशमा भिडभाड हुने कार्यक्रम नगर्न, चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पालना गर्न उल्लेख गरिएको छ । यस्तै कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ परेकाहरुको निःशुल्क एन्टिजेन र पीसीआर परीक्षणको व्यवस्था मिलाउन स्थानीय तहलाई भनिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  २ : ३७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु