म पार्टी विभाजनको पक्षमा छैन : मुख्यमन्त्री शाक्य « Khabarhub

म पार्टी विभाजनको पक्षमा छैन : मुख्यमन्त्री शाक्य


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट  पारेकी छिन् ।

नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् ।

“म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भनिन् ।

आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् ।

मुख्यमन्त्रीले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउने बताइन् ।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुरुप आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेतृ शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताए ।

उनले एमाले एकजुट भएर शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । बैठकमा प्रदेशसभा सदस्यले सरकारले र पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीतिका बारेमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : ३० बजे

मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा

दमौली– मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा सुरु

सभामुख अर्यालसँग साउदी अरेबियाका राजदूतबीच भेटवार्ता

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

काठमाडौं– मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा

राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपासँग १८ वर्षमुनिका सदस्यबारे जानकारी माग

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १८

पेट्रोलियम पदार्थको मूल्य घट्दा अधिकांश निजी पेट्रोल पम्पहरू बन्द

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रमा घटाउँदा