शिक्षा क्षेत्रमा एक चौथाई खर्च कटौतीको ब्राजिलमा विरोधमा प्रदर्शन « Khabarhub

शिक्षा क्षेत्रमा एक चौथाई खर्च कटौतीको ब्राजिलमा विरोधमा प्रदर्शन


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल– शिक्षा क्षेत्रमा खर्च कटौतिको विरोधमा ब्राजिलमा विशाल प्रदर्शन भएको छ । सरकारले विद्यालय तथा विश्वविद्यालयका लागि एक चौथाई भन्दा धेरै खर्च कटौती गर्ने नीति अघि सारेपछि प्रदर्शनको आयोजना गरिएको हो ।

मुलुकको राष्ट्रिय विद्यार्थी युनियनको आह्वानमा २ सय भन्दा धेरै शहरमा भएको प्रदर्शनमा लाखौं विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता रहेको जनाइएको छ ।

केही शहरमा भएका प्रदर्शन हिंसात्मक समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले राजधानी ब्रासिलियासहित रियो दि जेनेरियो तथा सबैभन्दा ठूलो शहर साओ पाउलोमा भएका प्रदर्शन हिंसात्मक बनेको र प्रदर्शनकारीले शहरका ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका थिए ।

केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

मुलुकका शिक्षामन्त्रीले भने अघिल्लो सरकारले शिक्षा क्षेत्रमा अनावश्यक खर्च गरेकाले त्यसलाई नियन्त्रण गर्नका लागि शिक्षा क्षेत्रमा खर्च कटौती गर्नुपरेको जनाएका छन् ।

यता हाल अमेरिका भ्रमणमा रहेका राष्ट्रपति बोलसोनारोले भने प्रदर्शनकारीलाई मूर्खहरुको संज्ञा दिँदै यस्ता प्रदर्शनबाट ब्राजिलको सरकार नडगमगाउने प्रतिक्रिया दिएका छन् ।

पछिल्लो प्रदर्शन दक्षिणपन्थी राष्ट्रपति जइर बोलसोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा वृहद रहेको बताइएको छ । पछिल्लो समय सोचेजस्तो आर्थिक विकास, रोजगारी तथा सरकारभित्रै आन्तरिक मतभेदका कारण बोलसोनारोको पक्षमा जनमत खस्किँदै गएको सर्वेक्षण सार्वजनिक हुने थालेपछि पछिल्लो प्रदर्शन भएको हो ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ३ : २५ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले