वायुसेवा कम्पनीले हटाए यात्रुको ‘फेससिल्ड’ « Khabarhub

वायुसेवा कम्पनीले हटाए यात्रुको ‘फेससिल्ड’


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आन्तरिक उडानका वायुसेवा कम्पनीले यात्रुलाई उपलब्ध गराउँदै आएको फेससिल्ड हटाउने भएका छन् ।

वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिने विभिन्न अध्ययनले पुष्टि गरेकाले यात्रुलाई फेससिल्ड हटाइएको जनाएको हो ।

“विश्वमा अन्य कुनै वायुसेवाले फेससिल्ड अनिवार्य नगरेको र सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिन्छ भन्ने पुष्टि भइसकेको अवस्थामा वायुसेवामा फेससिल्ड हटाउने निर्णय गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाली यात्रुलाई मास्कसँगै फेससिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेससिल्ड विमानस्थलमा जथाभावी फाल्दा असुरक्षित भई वातावरणीय समस्यासमेत देखिएको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ७ : ४५ बजे

वैदेशिक रोजगारीमा लाखौँ ठगी : पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

डिजिटल अद्यावधिक स्वीकार्दै देउवा समूहले दियो उपसभापति शर्माको सातबुँदे प्रस्तावमा जवाफ

काठमाडौं– कांग्रेसको आन्तरिक विवाद समाधानार्थ इतर समूहले उपसभापति विश्वप्रकाश शर्माले

नारायण दाहालले भने- लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थाल्यो

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले लामो संघर्ष र योगदानबाट

विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत भेटिइन्

कैलाली- कैलालीमा विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी

पलाउमा आप्रवासी निर्वासन सुरु, ट्रम्प प्रशासनको नयाँ कदम

सिड्नी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा कडाइ गर्दै उष्णकटिबन्धीय