मोटरसाइकल दुर्घटनामा साइप्रसमा नेपाली विद्यार्थीको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा साइप्रसमा नेपाली विद्यार्थीको मृत्यु



दोहा- मोटरसाइकल दुर्घटनामा साइप्रसमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

मृतक कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेको साइप्रस प्रहरीले जनाएको छ । यस्तै भुसालसँगै मोटरसाइकलमा सवार सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छन् ।

उनको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको छ भने घाइते घिसिङलाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरी अनुसार मृतक भुसालले मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो । मोटरसाइकलमा सवार दुवैजना पर्खालमा ठोक्किएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले पनि  मंगलबार बेलुकी ६:२० मा डेरिनियामा भएको मोटर साइकल दुर्घटनामा भुषालको मृत्युबारे प्रहरीले रिपोर्ट सार्वजनिक गरेको जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १० : १४ बजे

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत गरिने, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौँ– हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका