महिनावारीका बेला के गर्ने ? « Khabarhub

महिनावारीका बेला के गर्ने ?


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक महिना महिलालाई महिनावारी हुनु सामान्य हो । प्राकृतीक रुपमै किशोर अवस्थापछि वयस्कसम्म महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ । महिनावारीको क्रममा महिलामा विभिन्न शारीरिक र मानसिक परिवर्तन हुने गर्दछ ।

महिनावारीमा महिलाले आफ्नो पार्टनर श्रीमानसँग सहयोग र सहानुभूतीको आशा गर्दछन् । आशा अनुरुप नतिजा पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ । पुरुषले महिला महिनावारी हुँदा फोहोर वा असामान्य गतिविधीको रुपमा व्यवहार गर्नु हुँदैन । त्यसो भए महिनावारीको क्रममा पुरुषले के गर्ने त ?

– महिनावारी भएको बेला पुरुषले आफ्नो पार्टनरलाई कामकाजमा सहयोग गर्नु पर्दछ ।
– यो बेला महिलामा शारिरिक र मानसिक परिवर्तन हुने हुदाँ उनको मुडलाई बुझ्नु पर्दछ ।
– महिनावारीमा महिलामा चिड्चिडापन बढ्ने गर्दछ, त्यसैले उनलाई दिक्क लगाउनु हुदैँन ।
– महिनावारी हुँदा पेट दुख्छ त्यसैले यसलाई समाधानको कोशिस गर्नु पर्दछ ।
– यो बेला श्रीमानले हट वाटर ब्याग दिएर पेट दुखाईबाट राहत पाउन सघाउनु पर्दछ ।
– डार्क चकलेटमा हुने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउँछ, त्यसैले यो ख्वाउन सकिन्छ ।
– केरा, मेवा जस्ता फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ ।
– महिनावारीमा कम्मर दुख्ने हुन्छ त्यसैले हल्का हातले मसाज गर्दा यसले राहत दिन्छ ।
– यो बेला हल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ ।
– महिनावारी हुँदा शरिरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ ।
– पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिने, आराम गर्दा समस्या कम हुन्छ ।
– यो बेला पार्टनरलाई चिया–कफी वा मसालेदार खानेकुरा नदिने । यसले पीडा बढाउँछ ।
– यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने तुरुन्तै डाक्टरलाई भेट्न जानु पर्दछ ।

महिनावारीका बेला महिलाले किचनमा जान नहुने, खानपिनका वस्तुहरु छुन नहुने जस्ता भ्रममा पर्नु हुदैँन । यसमा कुनै पनि वैज्ञानिक आधार छैन । केवल सफाईमा ध्यान दिएर महिलाले अन्य बेलामा झै जे पनि काम गर्न मिल्दछ ।विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ११ : २४ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका