नाइजेरियामा ७३ विद्यार्थी अपहरित | Khabarhub Khabarhub

नाइजेरियामा ७३ विद्यार्थी अपहरित


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् ।

नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् ।

जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले जारी गरेको वक्तव्यमा उनीहरुलाई अपहरण गर्न ठू्लो सङ्ख्यामा लडाकू आएका उल्लेख गरिएको छ ।

बुधबार बिहान काया गाउँबाट उनीहरुलाई अपहरण गरिएको र कता लगे भन्ने बारेमा एकिन हुन नसकेको अधिकारीले जनाएका छन् ।

अपहरित बालबालिका माध्यामिक तहका विद्यार्थी रहेका जनाइएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ३ : ११ बजे

खुस्माले कमायो साढे २ करोड, उपासना भन्छिन्- ‘खुस्मा २’को माग आयो

काठमाडौं- नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरको शीर्ष

रविलाई पक्राउ पुर्जीपछि रास्वापा कार्यालयमा कार्यकर्ताको भिड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ

हुम्लाबाहेक देशका सबै जिल्लामा पुग्यो डेंगु

काठमाडौं– हुम्लाबाहेक देशभर डेंगु रोगको सङ्क्रमण देखिएको छ । डेंगी

सहकारी प्रकरणमा पक्राउ पूर्वडीआईजी जोशीलाई पोखरा लगिँदै

काठमाडौं- सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा काठमाडौंको शंखमूलबाट

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ