खुला आकाशमुनि ‘प्रसव पीडा’को चित्कार ! « Khabarhub

खुला आकाशमुनि ‘प्रसव पीडा’को चित्कार !


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- भदौरे झरी । रातको समय । आकाश सफा नै थियो । जिल्लाको प्रसिद्ध धार्मिकस्थल – शम्भुनाथ मन्दिर । शम्भुनाथ नगरपालिका–३ स्थित सो मन्दिर परिसरमा गत शनिबार रातभर एक महिला छट्पटाइ रहिन् ।

पुजा सामग्री बेच्न राखिएको खाटमा करिब ३०/३२ वर्षीया ती महिला प्रसव पीडाले चिच्याइरहेकी थिइन् । स्थानीयवासी सीताराम खंगले भने ,“नवजात शिशु चिच्याइरहेको आवाज आयो । बाहिर निक्लिएँ । शिशु एकातिर ,महिला अर्काेतिर रहेछन् । तत्काल सहयोगका लागि सबैसँग आग्रह गरेँ । ”

यसैगरी बेनिराम ठाकुर मन्दिरका पुजारी शिवनाथ ठाकुरलाई पनि शिशुको आवाजले तान्यो । उनले भने,“ शिशु भुइँमा र महिला एक छेउमा काँपिरहेकी थिइन् । एकोहोरो रोएको शिशुलाई ध्यान दिन आग्रह गरेँ ।” उनका अनुसार शिशुको सालनाल बाँकी थियो ।

स्थानीयवासी कौशल्यादेवी साहलले तत्काल शिशु र सुत्केरीलाई सहयोग गरिन । ती सुत्केरी विवाहिता हुन् वा अविवाहिता, कसैलाई थाहा छैन ।

ती महिला यसअघि शम्भुनाथमा नदेखिएकोे व्यवसायी सम्पत मण्डलले बताए । गर्भावस्था र प्रसूति अवस्था आफैँमा शारीरिक एवं मानसिक हिसाबले जटिल अवस्था हो । यस चरणमा विभिन्न किसिमको समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।

नर्स सुनिता यादवका अनुसार शिशु जन्माइसकेपछि महिलामा मानसिक समस्या देखिन्छ । ती सुत्केरी पहिलेदेखि मानसिकरूपमा अस्वस्थ रहेको बताइएको छ । समाजसेवी जिबु सदाले भन्नुभयो, “ एक दिन अगाडिसम्म महिला ट्राफिक चोकका माग्दै हिँडेकी थिइन् । ” उनका अनुसार ती महिलाको मानसिक सन्तुलन ठीक छैन ।

गर्भावस्थामा पूर्वपश्चिम राजमार्गस्थित कल्याणपुर, बिसनपुर चोकमा भौँतारिएर हिँडेको देखिएको अनबर अलीले जानकारी दिए ।

रातका समयमा कष्टप्रद रुपमा सुत्केरी भएकी तिनलाई प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गजेन्द्रनारायण सिंह अस्पतालमा पु¥याउने व्यवस्था मिलाएका थिए । मानव सेवा आश्रमलगायत संस्थाले सडक आश्रितलाई उद्धार जारी राखेका छन् । अहिले पनि दैनिक नयाँनयाँ मानसिक रोगी तथा सडक बालबालिका र महिला सडकमा आउने क्रम रोकिएको छैन । अधिकांश मानसिक समस्या भएका महिला सडकमै सुत्केरी हुने बताइएको छ । स्थानीय तहले सडक आश्रितको तथ्याङ्क सङ्कलन र चासो नराखेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताए ।

अहिले पनि मानसिक सन्तुलन गुमाएर सडक किनार, चोक र पसलपसल चहार्नेको सङ्ख्या जिल्लामा ६० भन्दा बढी रहेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  १० : ५९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा