‘कुट्की’ को औषधीय महत्व « Khabarhub

‘कुट्की’ को औषधीय महत्व


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पातको किनारा करौँतीको धारझैँ काटिएको जस्तो हुने यो वनस्पती ४५०० मिटरसम्मको उचाइमा पाइन्छ । यसको जराको बोक्रा बाक्लो र चाउरिएर पत्रपत्र परेको हुन्छ । यसको भित्री भाग नरम हुन्छ । यसको फूलको रङ्ग फिक्का निलो प्याजी हुन्छ ।

यो विरुवा रोपिएको ३/४ वर्ष पुगेपछि जराहरुलाई निकालेर पानीमा पखाल्ने र घाममा सुकाई हावा नपस्ने गरी बोरामा हाली राख्ने र यसको आवश्यक मात्रालाई कुटेर कपडामा छान्ने अनि ४/५ ग्राम धुलोमा मह मिलाएर तातो पानी वा दूधसँग बिहान बेलुका दिनको दुई पटक खानाले हृदय जलन, पाचनसम्बन्धी रोग, पित्त, उदरशूल, अजीर्ण (पेट ढुस्स हुने) रोग, दिसा गोटा पर्ने, छालाको रोग, विशेषतः दाद रोग, श्वाससम्बन्धी सम्पूर्ण समस्या, कृमी (पेटको कीरा), कुष्ठरोग, रक्तविकारजस्ता सम्पूर्ण रोगहरुको नाश गर्छ । शरीरमा नयाँ ऊर्जा पैदा गर्छ । सर्प वा विच्छीले टोकेको ठाउँमा लगाउनाले विशेष फाइदा गर्छ । साथै यदि दिसा राम्रोसँग खुलेको छैन भने सुत्ने बेलामा २/३ ग्राम कुट्कीको चूर्ण (धूलो)लाई महमा मिलाएर तातोपानीसँग नियमित केहीदिनसम्म खानाले दिसा खलास गर्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ५ : ४५ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती