देशभर रहेका राखेपका भौतिक पूर्वाधारबारे अध्ययन कार्यदलले प्रतिवेदन बुझायो « Khabarhub

देशभर रहेका राखेपका भौतिक पूर्वाधारबारे अध्ययन कार्यदलले प्रतिवेदन बुझायो


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत देशव्यापी रहेका भौतिक पूर्वाधार र जग्गाको अध्ययन गरी विवरण संकलन गर्न गठित भौतिक पूर्वाधार व्यवस्थापन सम्बन्धी कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको छ ।

राखेपकी सदस्य एवं कार्यदलकी संयोजक सुवर्णकेशरी श्रेष्ठले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई एक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गरिन् ।

गत चैत २३ गते राखेपले श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका हिमालराज दाहाल, युवा तथा खेलकुद मन्त्रालयकी रेखा सिग्देल, भौतिक पूर्वाधार तथा निर्माण शाखाका राजु श्रेष्ठ, सामान्य प्रशासन शाखाकी सारदा दाहाल र आर्थिक प्रशासन शाखाका टंकराज कट्टेल रहेका छन् ।

सचिवमा प्रशासन विभागका भोजानन्द राई छन् ।

संयोजक श्रेष्ठले राखेप मातहतका सम्पत्तिको उचित संरक्षण र सम्बद्र्धन गर्न सके वार्षिक कम्तीमा १० करोड आम्दानी गर्न सकिने निस्कर्षसहितको प्रतिवेदन बुझाएको जानकारी गराउदै प्रतिवेदन कार्यन्वयन हुनेमा आफू विश्वस्त रहेको बताइन् ।

संयोजक श्रेष्ठले कतिपय स्थानमा कार्यदलले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको बताउँदै कोरोना भाइरसको जोखिमलाई रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाका कारण विवरण संकलन गर्न ढिला भएको जानकारी गराइन् ।

सदस्य–सचिव सिलवालले परिषद् मातहतका सम्पत्तिको यथार्थ अवस्था बुझ्न प्रतिवेदनले ठूलो मद्दत पुग्ने बताउदै प्रतिवेदन पूर्णरुपमा अध्ययन गरी कार्यन्वयनतर्फ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ८ : १५ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित