न्यूजिल्याण्डमा ६ जनामाथि चक्कुले आक्रमण गर्ने व्यक्ति मारिए « Khabarhub

न्यूजिल्याण्डमा ६ जनामाथि चक्कुले आक्रमण गर्ने व्यक्ति मारिए


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अकल्याण्ड– न्यूजिल्याण्डको एक सुपरमार्केटमा ६ जनामाथि चक्कुले आक्रमण गर्ने व्यक्ति मारिएका छन् । ६ जनालाई घाइते बनाउने हिंस्रक अतिवादीलाई प्रहरीले मारेको बीबीसीले जनाएको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नले यो आक्रमणलाई आतंकवादी आक्रमण भनेकी छन् । आक्रमणकारी श्रीलंकाली नागरिक भएको जनाइएको छ । न्यूजिल्याण्ड सरकारले आक्रमणकारी पहिलादेखि नै निगरानीमा रहेको बताएको छ ।

आक्रमणकारी इस्लामिक स्टेट (आईएसआईएस)बाट प्रेरित भएको बताइएको छ । प्रधानमन्त्री अर्डर्नले आक्रमणकारीलाई सुरक्षाकर्मीले ६० सेकेण्ड भित्रै मारेको बताएकी छन् । उनले यो घटना निन्दनीय भएकोसमेत बताएकी छन् । आक्रमणकारी २०११ मा न्यूजिल्याण्ड पुगेको बताइएको छ । (एजेन्सी)

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  २ : ५९ बजे

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  

काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका

महिला उद्यमशीलता प्रवर्द्धन गर्दै फुङ्लिङ नगरपालिका

फुङ्लिङ– यहाँको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको