लागूऔषधसहित दुई भारतीय पक्राउ « Khabarhub

लागूऔषधसहित दुई भारतीय पक्राउ


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाही मलंगवास्थित नेपाल–भारत सीमानाकाबाट अवैध लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागूऔषध वीनरिक्ससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको सीतामणी जिल्ला थानारुनी सहिदपुर ग्रामचौक–२, बस्ने ३२ वर्षीय नेता शर्मा र सोही स्थानका ६३ वर्षीय सुरेन्द्र शर्मा रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १०० एमएलको ९४ बोटल लागूऔषध वीनरिक्स बरामद् गरेको हो ।

सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका प्रमुख एसपी गंगाराम श्रेष्ठका अनुसार ग्यास सिलिन्डरमा प्वाल पारेर त्यसभित्र लुकाइछिपाई लागूऔषध बोकेर नेपाल आउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

शंका लागेर उनीहरूले टाउँकोमा बोकेको ५र५ लिटर क्षेमताको ग्यास सिलिण्डर चेक जाँच गर्ने क्रममा सिलिण्डरबाट उक्त परिणाममा लागूऔषध बरामद भएको प्रहरीको भनाई छ । उनीहरूले ग्यास सिलिन्डरको पिधमा प्वाल पारेर सिलिण्डर भित्र राखेर लागूऔषध ओसार पसार गर्ने गरेको प्रहरीको आशंका छ ।

उनीहरूमाथी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयमा बुझाइएको एसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : ०६ बजे

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन

कविताले ब्रोड पिकमा अस्ताएका युक्तलाई सम्झिँदै भनिन् : हिमालका हरेक पलले झस्काइरहेका छन्

काठमाडौं – पाकिस्तानको हिमाल ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका