जुत्तामा लुकाएर लगिएको ४ किलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुई जना पक्राउ « Khabarhub

जुत्तामा लुकाएर लगिएको ४ किलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुई जना पक्राउ


१८ भदौ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

झापा खादुनावारी-६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ-२ बस्ने वर्ष २८ का बुद्धिमान खातीलाई आज दिउँसो सो परिमाणको सुन सहित प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद रुपमा रहेका उनीहरुलाई प्रहरीको टोलीले सोधपुछ तथा खानतलासी गर्दा उक्त सुन बनामद भएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार अमिल लगुन विश्वकर्माले लगाएको दाँया/बाँया जुत्तामा रहेको २/२ बिस्कुट सुन र बुद्धिमान खातीले लगाएको दाँया/बाँया जुत्ताको तलुवामा रहेको १/१ पीस बिस्कुट सुन गरी जम्मा ६ थान बिस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) बरामद भएको उनले बताए ।

यसैगरी खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी १ थान, बाला १ थान र गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम ) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन बरामद भएको उले बताए ।

श्री एयरलाईन्सको काठमाडौँ–नेपालगञ्जको नियमित उडानमार्फत उनीहरु आएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।

तस्वीर : बाँके प्रहरी

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  १० : २४ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस