बीपी साहित्य सम्मान पुरस्कार कवि मदन रेग्मीलाई | Khabarhub Khabarhub

बीपी साहित्य सम्मान पुरस्कार कवि मदन रेग्मीलाई


१९ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको बीपी साहित्य सम्मान पुरस्कार यसपटक आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पाँच दशकभन्दा पहिलेदेखि साहित्य साधनामा रहेर, नेपाली काव्य साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने कवि मदन रेग्मीका कविता संग्रहरु र अरु धेरै साहित्यिक कृतिहरु प्रकाशित छन् । उनले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानको सम्मान गर्दै यो पुरस्कार दिने निर्णय गरिएको हो ।

त्यसरी नै बीपी स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने बीपी सेनानी पुरस्कार यो पटक भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई दिने निर्णय गरेको छ । लामो समयसम्म जेलमा र निर्वासनमा रहेर प्रजातन्त्र स्थापना, पुनःस्पना तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा समेत उनले पुर्‍याएको योगदानको कदर गर्दै यो पुरस्कार दिने निर्णय गरेको हो ।

यी दुबै पुरस्कार बीपी जयन्तीको दिन, यही भदौ २४ गते प्रदान गरिने छ । यो नगद पुरस्कारको राशी एक लाख एक हजार र एकाउन्न हजार रहेको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु — डा धुब्रचन्द्र गौतम् र सुशील मान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ।

यसअघि २०७१ मा यो बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान नुतन थपलियालाई २०७२ मा साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व तारानाथ कोइरालालाई, २०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान स्व श्यामलाल श्रेष्ठलाई २०७४ मा साहित्य तर्फ प्रा डा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थ राज चैतुलाई २०७५मा साहित्य तर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व चक्र प्रसाद बास्तोलालाई र गत वर्ष २०७६ मा बीपी साहित्य सम्मान तिल बिक्रम नेवाङ र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिसकिएको छ ।

२०७७ को साहित्य सम्मान ज्ञानमणि नेपाल र प्रजानन्त्र सेनानी सम्मान होमनाथ दाहाल लाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ४ : ३० बजे

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो