बर्सेनि भासिन्छ पोखराको जमिन « Khabarhub

बर्सेनि भासिन्छ पोखराको जमिन



पोखरा– सात वर्षअघि पोखराको अर्मलामा जमिनमा ठूला ठूला भ्वाङ् परे । जमिन भासिएर ठूला ठूला भ्वाङ् परेपछि स्थानीयबासी त्रसित बने ।

दुई साताअघि पोखराको मुख्यबजार महेन्द्रपुलमा सडक भासियो । सडक पेटीसहितको भाग भासिएर एउटा घरमासमेत क्षति पुगेको थियो ।

गत साता नै पोखराकै लेकसाइडस्थित जरेवर नजिक घरको बलेसी भासिएर भित्रैसम्म भ्वाङ परेको थियो ।

बुधबारको वर्षापछि फेरि पोखरा महानगरपालिका ३ नदीपुरमा जमिन भासियो । जमिन भासिएर सो ठाउँको तीन वटा घरमा क्षति पुग्यो ।

स्थानीय देउबहादुर पुन, छविबहादुर पुन र बलबहादुर पुनको घरमा क्षति पुग्नुका साथै घर अगाडि आँगनमै भ्वाङ परेर गेट भत्कियो । सडकको बीचसम्म नै जमिन चर्किएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रबीन्द्रबहादुर प्रजुले सबै बैकल्पिक उपाय अपनाइएर थप क्षति हुन नदिएको बताए ।

अर्मलामा जस्तै गरी जमिन भासिएर ठूला ठूला भ्वाङ नपरे पनि पोखरामा विभिन्न ठाउँमा बर्सेनि जमिन भासिने समस्या कायमै छ ।

खासगरी पोखरा नेपालकै सबैभन्दा बढी पानी पर्ने शहर पनि हो । पहिलेको तुलनामा पानी कम परे पनि अधिकांश समय पोखरामा फाटफुट भए पनि पानी परि नै रहन्छ ।

देशकै सबैभन्दा बढी पानी पर्ने शहर भए पनि आकाशबाट परेको पानी भने खासै जमेको पनि देखिदैन । जमिनले तत्कालै पानी सोस्ने भएकाले खासै पानी जमेको भेटिदैन ।

पोखरामा वर्षा हुँदा जमिन भासिने समस्या देखिने गरेको पोखरेलीहरू बताउँछन् ।

अन्नपूर्ण चौँथो हिमालमा करिब १२ हजार वर्षअघि आएको बाढीले बगाएर ल्याएको ढुंगा, माटोको गेग्य्रान थुप्रिएर पोखरा उपत्यका बनेको ऐतिहासिक तथ्यहरूमा उल्लेख छ ।

पोखरामा सेती नदी जमिनको भित्रभित्रै भएर बगेको छ भने पोखराको जमिनभित्र चट्टानको बीचमा चुन माटो रहेको छ । चुनले पानी छिट्टै सञ्चित गर्ने भएकाले जमिनले पानी सोरेर चुनमा घुलिएर चुनको लेदो बन्ने गरेको भूगर्वविद्हरू बताउँछन् ।

भूगर्वविद्हरूकाअनुसार, वर्षाको पानीले चुनको लेदो बगाउँदा जमिन कमजोर भइ जमिन भासिने गरेको छ ।
यतिमात्र होइन, पोखरामा गुफा, सुरुङ तथा छाँगाहरू प्रशस्त रहेका छन् ।

यिनै गुफा र छाँगाहरूले पोखराको सौन्दर्यमात्रै बढाएको छैन, यहाँको पर्यटन क्षेत्रमा विकास भएको छ । तर यस्ता प्राकृतिक सौन्दर्यसँगै प्राकृतिक प्रकोपको जोखिम पनि उत्तिकै रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ११ : ५९ बजे

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

किमाथांका– प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका