शेयर बजारमा पहिरो, ५ प्रतिशत घटेपछि बजारमा सर्किट ब्रेकर « Khabarhub

शेयर बजारमा पहिरो, ५ प्रतिशत घटेपछि बजारमा सर्किट ब्रेकर


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजारमा साताको पहिलो दिन आइतबार भारी गिरावट आएको छ । आइतबार कारोबार शुरु भएको २ घण्टामै नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लागेको हो ।

१२ः ५९ मा नेप्सेमा सर्किट ब्रेकर लागेको हो। सो बेलासम्म १४७ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २७७९ मा कायम भएको छ। अब ४० मिनेटपछि बजार फेरि खुल्नेछ।

बजार खुलेको पहिलो घण्टामा ४ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था छ भने खुलेको दुई घण्टाभित्र ५ प्रतिशतसम्म घटबढ हुन सक्छ। दिनभरमा ६ प्रतिशतभन्दा धेरै घटबढ हुन पाउँदैन।

राष्ट्र बैंकले एक व्यक्ति वा परिवारले सेयर खरिदका लागि शेयर नै धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी ऋण नपाउने व्यवस्था गरेको छ।

आइतबार ३० वटा कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेपछि नकरात्मक सर्किट लागेको छ । पाँचवटा कम्पनीको शेयर मूल्यमात्र बढेको छ । सानिमा लाइफ इन्स्योरेन्स, मनकमाना लघु वित्तको शेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १ : ४८ बजे

छोरी जन्मिए प्रोत्साहन भत्ता !

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

कास्की– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा दुई हजार

फिफा विश्वकप : अमेरिकाको सानदार सुरुवात, पाराग्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिकाले सानदार सुरुवात गरेको छ ।

डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह

कांग्रेसले नयाँ वर्ष २०८३ सुरु भएसँगै ‘एक महिने जरामा जाउँअभियान’