शेयर कारोबार ४० मिनेट बन्द भएर फेरि शुरु | Khabarhub Khabarhub

शेयर कारोबार ४० मिनेट बन्द भएर फेरि शुरु


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो ।

नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो ।

नेप्से १४७.३१ बिन्दुले अर्थात् ५.०३ बिन्दुले ओरोलो लागेर दुई हजार ७७९.६८ मा रोकिएको थियो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २६.९३ अङ्कले ओरालो लागेर ५१४.८४ मा सीमित भएको छ । कूल २१५ कम्पनीको एक करोड ४८ लाख ३१ हजार ७३८ कित्ता शेयर रु सात अर्ब १९ करोड ९० लाख ३५ हजार ६७१ मूल्यमा खरिदबिक्री भएका थिए ।

सर्किट ब्रेकको नियमअनुसार कारोबार सुरु भएको पहिलो घन्टामा ४ प्रतिशतले सूचक बढे या घटे २० मिनेट कारोबार स्थगित गरिन्छ भने दोस्रो घन्टामा सूचक पाँच प्रतिशतले बढे या घटे ४० मिनेट स्थगित गरिन्छ । त्यस्तै तेस्रो घन्टापछिको समयमा सूचक छ प्रतिशतले बढेमा वा घटेमा बाँकी समयको कारोबार स्थगित गर्ने गरिन्छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : ०६ बजे

भारतीय राष्ट्रपति मुर्मू सवार हेलिकप्टर हिलोमा फस्यो, प्रहरीले धकेलेर निकालिदिए

केरला- भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सवार हेलिकप्टर बुधबार अवतरणपछि हिलोमा

गृहमन्त्री अर्यालले ओलीलाई लक्षित गरेर भनेको ‘क्रिमिनल नेग्लिजेन्स’ के हो ?

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारलाई प्रतिक्रिया दिने क्रममा वा अन्तरवार्ताका

जोरपाटी चोकमा ट्राफिक लाइट जडान

काठमाडौं- जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक

नाच्दै-गाउँदै देउसीमा रमाउँदै (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको दोश्रो महानचाड तिहार सकिने चरणमा पुगेको छ ।

पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं- बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको