डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ जना पक्राउ | Khabarhub Khabarhub

डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ जना पक्राउ


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले उपलब्ध गराउने डाइभर्सिटी भिसा (इडिभी)का लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने पाल्पा तानसेन– ३ का ३५ वर्षीय सुमितरत्न गुभाजू, मोरङ पथरी शनिश्चरे– ६ का ३५ वर्षीय अमरबहादुर कटुवाल, कास्की पोखरा– ५ मालेपाटनका ३० वर्षीय नरेश केसी, नवलपरासी देवचुली– १७ का ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रे बनोपा– १० जनगालका ३३ वर्षीय दीप विष्ट र काठमाडौं टेकुका २३ वर्षीय सोहिली शाही छन् ।

उनीहरूले इडिभीको थप प्रक्रिया अघि बढाउन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको प्रहरीले जनाएको छ । यो कामका लागि उनीहरूले दलाललाई २० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च गरेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

कोइरालाले भने, ‘यिनीहरूको नाममा डिभी परिसकेको रहेछ । त्यसका लागि थप डकुमेन्ट दूतावासमा बुझाउनुपर्ने रहेछ । यिनीहरूसँग शैक्षिक योग्यताको प्रमाणपत्र छैन रहेछ । त्यसैका लागि नक्कली प्रमाणपत्र बनाएर पेस गरेछन् । यस प्रयोजनमा २० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म खर्च गरेको अनुसन्धानबाट खुलेको छ ।’

नेपालस्थित अमेरिकी दूतावसको अनुरोधपछि महाशाखाले घटनाको अनुसन्धान गरेको थियो । यस क्रममा ‘प्लस टु’को नक्कली ट्रान्सक्रिप्ट, माइग्रेसन सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, एसएलसीको मार्कसिट, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणित पत्रलगायतका नक्कली कागजात प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ४३ बजे

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण

बाँके– बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का ८६ अव्यवस्थित

मगर समुदायले भूमे पर्व मनाउँदै, लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा 

दाङ– मगर जातिले आइतबार आफ्नो मुख्य भूमे पर्व मनाउँदै छन्

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार